१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

१ कार्तिक २०८०, बुधबार ०८:५४

कार्तिक १, कोशी | कोशी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएको छ। राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले आफूहरु प्रतिपक्षमा बस्ने बताए। 

उनले सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने बताए। ‘हामी विरोधका लागि विरोध गर्नेछैनौं। सरकारका राम्रा काममा रचनात्मक रुपमा सहयोग गर्नेछौँ,’ सिटौलाले भने।   


मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सिटौलाले यतिपटक मुख्यमन्त्री भए भन्दा पनि प्रदेशलाई स्थिर बनाउनेतिर लाग्न आग्रह गरे। 

प्रदेश सभाले तीव्र गतिमा कानुन बनाउन नसकेको, कर्मचारीहरु निरुत्साहित रहेको र ऐनहरु पनि पर्याप्त बनाउन नसकेको सिटौलालले उल्लेख गरे। 

‘अब यतिपटक मुख्यमन्त्री भएर नाममात्र नलेखौँ। प्रदेशको राजनीतिक स्थिरताका लागि सबैले दायित्व निर्वाह गर्नुपर्छ। सरकारका कारणबाट भएका अस्थिरता सरकारले जिम्मा लिनुपर्छ भने अन्यबाट हुने अन्यले लिनुपर्छ,’ सिटौलाले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित