२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

२०८०, १ कार्तिक बुधबार ०८:५४

कार्तिक १, कोशी | कोशी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएको छ। राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले आफूहरु प्रतिपक्षमा बस्ने बताए। 

उनले सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने बताए। ‘हामी विरोधका लागि विरोध गर्नेछैनौं। सरकारका राम्रा काममा रचनात्मक रुपमा सहयोग गर्नेछौँ,’ सिटौलाले भने।   


मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सिटौलाले यतिपटक मुख्यमन्त्री भए भन्दा पनि प्रदेशलाई स्थिर बनाउनेतिर लाग्न आग्रह गरे। 

प्रदेश सभाले तीव्र गतिमा कानुन बनाउन नसकेको, कर्मचारीहरु निरुत्साहित रहेको र ऐनहरु पनि पर्याप्त बनाउन नसकेको सिटौलालले उल्लेख गरे। 

‘अब यतिपटक मुख्यमन्त्री भएर नाममात्र नलेखौँ। प्रदेशको राजनीतिक स्थिरताका लागि सबैले दायित्व निर्वाह गर्नुपर्छ। सरकारका कारणबाट भएका अस्थिरता सरकारले जिम्मा लिनुपर्छ भने अन्यबाट हुने अन्यले लिनुपर्छ,’ सिटौलाले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै