२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

१ कार्तिक २०८०, बुधबार १०:५१

कार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो।

प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो।  मतदानमा ९३ सदस्यमध्ये ९१ जनाले मतदानमा भाग लिएका थिए।

कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएको घोषणा गरिन्।

त्यसअघि कार्कीले विश्वासको मत माग्दै गरेको सम्बोधनमा संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए।

उनको प्रस्तावमाथिको छलफलमा जसपाकी निर्मला लिम्बु, एकीकृत समाजवादीका राजेन्द्र राई, राप्रपाका भक्ति सिटौला, माओवादी केन्द्रका दुर्गा चापागाईं, कांग्रेसका उद्धव थापा तथा एमालेका हिक्मत कार्कीले भाग लिएका थिए। छलफलमा राप्रपाबाहेकका दलहरूले कार्कीलाई विश्वासको मत दिने प्रष्ट पारेका थिए।

राप्रपाका सिटौलाले भने प्रदेश सभामा प्रतिपक्षी पनि चाहिने भन्दै विश्वासको प्रस्तावको विपक्षमा मत दिएर प्रतिपक्षमा बस्ने बताएका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पनि कार्कीले राप्रपालाई नै जोड दिएर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर मतदानमा उनको आग्रहले काम गरेको देखिएन।

कार्की एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सभा सदस्यको सहयोगमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका तर्फबाट एकएक जना मन्त्री पनि नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ