१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

२ कार्तिक २०८०, बिहीबार ०५:२९

कार्तिक २, काठमाडौँ | तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।

श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ,’ प्रेस सल्लाहकार कमल गिरीले भने । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले बताए ।

श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन आज सोमबार चीन पुगेका हुन्। मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा 'हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च'को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित