२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: केपी ओली

२०८०, १३ कार्तिक सोमबार ११:४४

कात्तिक १३, पोखरा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् ।

पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने बताए ।

उनले विगतमा पनि ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएको बताए ।


ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’

पहिले स्वीस बैंकमा ६० करोड राखेको, बानेश्वरदेखि विभिन्न ठाउँमा महलहरु बनाएको जस्ता हल्ला चलाइएको भन्दै अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि भारतीय सञ्चारमाध्यमले विगतमा गरेका फेक प्रचारको सहारा लिँदै ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए । उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौतीमात्र दिएका छैनन्, यस्ता आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिएका छन् ।

आफूले नेपालको जमिन समेटेर चुच्चे नक्सा जारी गरेपछि केही भारतीय मिडियाले कुप्रचार गरेको र उनीहरुले गल्ती सच्याइसकेका त्यस्तै प्रचारको सहारा लिएर अहिले ३ वर्षपछि फेरि यस्ता हल्ला चलाइएको अध्यक्ष अ‍ोलीले बताए ।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्नेसमेत कार्यकर्तालाई सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै