१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२०८४ को चुनावमा गठबन्धन गर्न नपाउने कानुन बनाउन आवश्यक छ : रवि लामिछाने

१५ कार्तिक २०८०, बुधबार १०:५२

कार्तिक १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताए । 

उनले भने– ‘चुनावपछि सरकार बनाउन दलहरूबिच गठबन्धन हुनु सामान्य कुरा हो तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो । एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ । अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’

उनले निर्वाचन आयोगले बनाउन लागेको एकीकृत निर्वाचन कानुनको मस्यौदामा सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसारको नो भोट (राइट टु रिजेक्ट) को व्यवस्था राख्न समेत माग गरे । २०३५ सालको जनमत सङ्ग्रहको बेला पेरिसमा रहेका नेपालीले समेत मतदानको अवसर पाएको बताउँदै उनले अहिलेको समयमा यसको प्रबन्ध गर्न नसकिने प्रश्न नरहेको बताए । 

यस्तै विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा पनि लामिछानेले जोड दिएका छन् ।  यता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद्ले त्यस किसिमको कानुन बनाएमा कार्यान्वयन गर्न आयोग तयार रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी