१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई कारबाही गर्न एमाले सांसद ज्ञवालीको माग

१६ कार्तिक २०८०, बिहीबार ०९:२७

कार्तिक १६, काठमाडौँ | प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेकी नेतृ शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

बिहीबार बसेको संघीय संसदको बैठकमा बोल्दै ज्ञवालीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भनेर भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘मुलुकमा जात, जातिको नाममा, धर्मको नाममा वा अन्य अराजक गतिविधि गरि यो व्यवस्थालाई कमजोर गर्ने काममा ज्यान फालेर अराजक तत्व लागिरहेका छन्। यतिखेर दुर्गा प्रसाईँ जस्ता अराजक भिडले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन्। सुशासन र विकासमा सबैभन्दा योग्य सावित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो। यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउनका निम्ति सम्माननीय सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

पूर्व एमाले नेता रहेका प्रसाईं हाल राजतन्त्र पक्षधर आन्दोलनमा सक्रिय रहेका छन् । राजतन्त्र पक्षधर गतिविधि गरेपछि एमालेबाट निष्कासीत भएका उनले पछिल्लो समय एमालेविरुद्ध युटयुबरको प्रयोग गरेर कपोकल्पित र भ्रामक कुरा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी