२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन

२०८०, २४ कार्तिक शुक्रबार ०७:३८

कार्तिक २४, काठमाडौँ | भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।


सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ।

प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंविरुद्ध खनिएको छ। युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाईंले पनि प्रदर्शनकाे तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ।

युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरू तयार रहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गरेका थिए।

प्रधानन्त्रीको सो अभिव्यक्तिलाई युवा संघले गणतन्त्रको रक्षा गर्न आफूहरू सक्षम रहेको दाबी गरेको छ। ‘प्रधानमन्त्री गणतन्त्र धरापमा पर्‍यो भन्दै हिँड्नुभएको छ, अहिले गणतन्त्रमाथि कसैबाट पनि खतरा छैन, यदि छ भने त्यो सरकारबाटै छ,’ युवा संघका प्रवक्ता निरोज पौड्यालले भने, ‘प्रधानमन्त्रीले मुलुकमा सरकार भएको अनुभूति दिलाउने हो भने विरोधका स्वर आफैँ बिलाएर जान्छन्।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै