११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन

२४ कार्तिक २०८०, शुक्रबार ०७:३८

कार्तिक २४, काठमाडौँ | भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।


सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ।

प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंविरुद्ध खनिएको छ। युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाईंले पनि प्रदर्शनकाे तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ।

युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरू तयार रहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गरेका थिए।

प्रधानन्त्रीको सो अभिव्यक्तिलाई युवा संघले गणतन्त्रको रक्षा गर्न आफूहरू सक्षम रहेको दाबी गरेको छ। ‘प्रधानमन्त्री गणतन्त्र धरापमा पर्‍यो भन्दै हिँड्नुभएको छ, अहिले गणतन्त्रमाथि कसैबाट पनि खतरा छैन, यदि छ भने त्यो सरकारबाटै छ,’ युवा संघका प्रवक्ता निरोज पौड्यालले भने, ‘प्रधानमन्त्रीले मुलुकमा सरकार भएको अनुभूति दिलाउने हो भने विरोधका स्वर आफैँ बिलाएर जान्छन्।’




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी