२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन: कमल थापा

२०८०, २ मंसिर शनिबार १०:४६

मङ्सिर २, काठमाडौं | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन ।

‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, सङ्ख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन्, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’ 

अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् ।  ‘राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन्, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै