३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै: काग्रेंस महामन्त्री कोईराला

२९ आश्विन २०७३, शनिबार १२:३८

असोज, नवलपरासी । नेपाली काग्रेसका महामन्त्रि डा. शसाङक कोईरालाले स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनुभएको छ । निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहीत मधेशी मोर्चा लाई समेत सहमतीमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।

नेपाली काग्रेंस कावासोती नगर समितिले  दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आउनुभएका कोईरालाले  नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । निर्वाचन नभएसम्म संघियता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यस्का लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोईरालाको जोड थियो ।

निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनिती भन्दा बाहीर आएर निर्वाचनका लागि सरकार लाई सहयोग गर्न कोईरालाले आग्रह गर्नुभयो । एक अर्को प्रसङगमा नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताउनुभयो। कोईरालाले आजै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्ता लाई निर्देशन समेत दिनुभएको छ ।

महामन्त्री डा. कोइरालाले आजै नेपाली काग्रेंस कावासोती नगर समितिले  दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेंसका लोकतन्त्र संस्थागत भएन भने मुलुक अफठयारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

सो अवसरमा  नेपाली कागं्रेसका केन्द्रिय सदस्यहरु , गोबिन्द भटट्राई, बद्री पाण्डे ,  देबेन्द्रराज कण्डेल ,गुरुराज घिमिरे, सांसद बिक्रम खनाल  ,पुर्ब केन्द्रीय सदस्य कृण्णचन्द्र नेपाली,पुर्ब सांसद महेन्द्र ध्वज जीसी ,जिल्ला सभापति बिण्णु लामिछाने लगायतका बक्ताले कागं्रेसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार राख्नुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’