२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै: काग्रेंस महामन्त्री कोईराला

२०७३, २९ आश्विन शनिबार १२:३८

असोज, नवलपरासी । नेपाली काग्रेसका महामन्त्रि डा. शसाङक कोईरालाले स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनुभएको छ । निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमाले सहीत मधेशी मोर्चा लाई समेत सहमतीमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।

नेपाली काग्रेंस कावासोती नगर समितिले  दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नवलपरासी आउनुभएका कोईरालाले  नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । निर्वाचन नभएसम्म संघियता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यस्का लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा कोईरालाको जोड थियो ।

निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनिती भन्दा बाहीर आएर निर्वाचनका लागि सरकार लाई सहयोग गर्न कोईरालाले आग्रह गर्नुभयो । एक अर्को प्रसङगमा नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको बताउनुभयो। कोईरालाले आजै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णका लागि लाग्न कार्यकर्ता लाई निर्देशन समेत दिनुभएको छ ।

महामन्त्री डा. कोइरालाले आजै नेपाली काग्रेंस कावासोती नगर समितिले  दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेंसका लोकतन्त्र संस्थागत भएन भने मुलुक अफठयारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

सो अवसरमा  नेपाली कागं्रेसका केन्द्रिय सदस्यहरु , गोबिन्द भटट्राई, बद्री पाण्डे ,  देबेन्द्रराज कण्डेल ,गुरुराज घिमिरे, सांसद बिक्रम खनाल  ,पुर्ब केन्द्रीय सदस्य कृण्णचन्द्र नेपाली,पुर्ब सांसद महेन्द्र ध्वज जीसी ,जिल्ला सभापति बिण्णु लामिछाने लगायतका बक्ताले कागं्रेसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार राख्नुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी