कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताउनुभएको छ । 

नवलपरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताउनुभएको छ । 

नवलपरा"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको सहमतिबिना संविधान संशोधन हुन्नः मन्त्री भण्डारी

२०७३, २ कार्तिक मंगलवार ०३:२१

कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताउनुभएको छ । 

नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । 

काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उहाँले बताउनुभयो । सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिनुभयो । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उहाँले बताउनुभयो । 

संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ, मन्त्री भण्डारीले भन्नुभयो– “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।” स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उहाँको जिकिर छ । 

राइनो संरक्षण गोल्डकप प्रतियोगिताको उद्घाटन सत्रमा नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले संरक्षण र स्थानीय बासिन्दाको मागलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । अर्का सांसद नवलपरासी क्षेत्र नं ५ का विक्रम खनालले संरक्षणको भावना युवामा ल्याउन खेल महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रममा एमाले नेता तिलक महत, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललगायतले बोल्नुभएको थियो । रासस  

- तश्विर: गोपीकृष्ण चापागाई (साझा सबाल)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी