१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ?

७ चैत्र २०८०, बुधबार १२:२०

चैत ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको इलाम २ मा चुनाव लड्ने तयारी हो ? भन्ने जिज्ञासामा उनले गठबन्धनले साझा उम्मेदवार बनाए तयार रहेको बताए ।


उनले भने- यसअघिको चुनावमा इलामले मलाई फुर्सद दिएको छ । अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट वामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्था छ । उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए सोच्न सकिन्छ ।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा इलाम १ बाट पराजित खनालले गठबन्धनबाट साझा उम्मेदवार बन्ने गृहकार्य गरिरहेका छन् । नेकपा एसले पनि उपनिर्वाचनको विषयमा गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरिसकेको छ ।

गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा छ । यद्यपि, रवि लामिछाने नेतृत्वको रास्वपाले गठबन्धनमा भए पनि एक्लै चुनाव लड्ने निर्णय गरेर आन्तरिक तयारी थालिसकेको छ । भने अन्य दलले कुनै निर्णय गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह