१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्केपछि विनोद चौधरीले के भने?

८ चैत्र २०८०, बिहीबार ०६:००

चैत ८, काठमाडौँ | बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर फर्केपछि सांसद तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले आफूविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरिएको बताएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहान मात्रै उनको बयान लिएको थियो। बिहान ८ बजेदेखि सुरु भएको उनको बयान २ घण्टा चलेको थियो। बयान सकेर बाहिर निस्किएपछि चौधरीले औद्योगिक क्षेत्रलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।

यस्तो छ चौधरीको पूरा भनाइ

ममाथि अनुसन्धानका बारेमा संसद्‌लाई जानकारी गराएको पत्र जुन रूपले सञ्चारमाध्यममा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रस्ट भएको छ। हालाकि मैले यो विषयमा प्रश्न उठ्नेबित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ। त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेबित्तिकै संसद्‌को रोस्टममा उभिएर निर्वाचित सांसदका हैसियतले आफ्ना कुरा राखेँ।

मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो। म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ। ४२ वर्षअगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसिपको उत्कृष्ट स्वरूपका रूपमा खडा गरिएको नवीनतम सोचलाई राजनीतीकरण गरियो, यो अत्यन्त दु:खलाग्दो छ।

४२ वर्षअगाडि जग्गाको मूल्य कति नै पर्थ्यो होला? हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले, मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रूपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही होइन।

मेरो ४५ वर्षको लामो व्यवसायिक यात्रामा उद्यमीको हैसियतले, विचारक र राजनीतिकर्मीको हैसियतले जहिले पनि विकासको राजनीति गरेँ। दलगत राजनीतिमा लागेर गलत प्रवृत्तिलाई कहिले पनि प्रश्रय दिइनँ। दलहरूबीचका आपसी जोडघटाउ र मतभेदमा सरिक भइनँ। प्रोफेसनल र विकासप्रेमीको रूपमा आफूलाई उभ्याएँ। 

आज यो इस्युमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतीकरण गर्न खोजेको प्रस्टसँग देखियो। देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो। ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन। त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूरुलाई।

म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विशुद्ध राखिनुपर्छ भन्न चाहन्छु। राजनीतिका आफ्ना फोरम छन्। म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ। तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ