२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले दिए राजीनामा

२०८०, ८ चैत्र बिहीबार ०६:२५

चैत ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकबाट राजीनामापत्र सार्वजनिक गर्दै उनले माओवादी केन्द्रमाथि विभिन्न आरोप पनि लगाएका छन्।

‘प्रधानमन्त्री प्रचण्डज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्धि र समाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रुपमा रुपान्तरण हुनु’, उनले राजीनामा पत्रमा लेखेका छन्।


शर्माले १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाइ अन्नत अध्याँरो दिशातर्फ धकेलेको महसुस गरेको पनि उल्लेख गरेका छन्।

शर्माले भनेका छन्, ‘यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन। तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु!’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई