२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

२०८०, ८ चैत्र बिहीबार ०८:०४

चैत ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ ।

नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

स्पष्टीकरण काम प्रक्रियामै रहेको नेकपा एस गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले बताए । ‘पहिलो चरण हामीले स्पष्टीकरण नै सोध्ने हो र यो केन्द्रले गर्ने हो । मुल रुपमा सोध्ने केन्द्र नै हो । जुन प्रक्रियामा छ । केन्द्रले सिधै सोध्छ की प्रदेश कमिटीमार्फत पठाउन त्यो चाहिँ हेर्न बाँकी छ,’ उनले भने ।

स्वतन्त्र जितेर नेकपा एस प्रवेश गरेका मनाङेले आइतबार पार्टी छोडेको भन्दै स्वतन्त्र हैसियत बनाउन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । निवेदन दिएको २४ घन्टा नबित्दै मनाङेलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई