१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘नखाएको विष लाग्यो’ भन्दै बयानका क्रममा दुवै दिन रोए महरा

८ चैत्र २०८०, बिहीबार ११:१८

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरू भएको बयान आज सकिएको हो ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महरा बयान दिने क्रममा दुई दिनै रोएका छन् ।


बयानको पहिलो दिन बुधबार बयान दिइरहेको बेला रोएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए । ‘उहाँ पहिलो दिन बयान दिइरहेको बेला रूनुभयो । गर्दै नगरेको काममा आफूलाई पोलेको उहाँले गुनासो गर्नु भएको थियो ।’ बयानमा संलग्न एक कर्मचारीले भने ।

बिहीबार भने बयान सकेपछि भएको अनौपचारिक कुराकानीका क्रममा ‘नखाएको विष लाग्यो’ भन्दै महरा रोएको ती कर्मचारीले बताए ।

कर्मचारी तथा महराका सहयोगीले उनलाई सम्हालेपछि  अस्पताल लगिएको छ ।

महराको स्वास्थ्य अवस्था त्यति राम्रो छैन । उनी दैनिक ८ किसिमका औषधिहरू सेवन गर्ने गरेको महराको उपचारमा संलग्न रहेका एक डाक्टरले बताए । महरालाई टीभीदेखि मस्तिष्कको नसासम्मको समस्या छ ।

महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।

त्यसबेला सीआईबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह