२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी छाडेका शर्मा जसपा प्रवेशको तयारीमा

२०८०, ९ चैत्र शुक्रबार ०९:४३

चैत ९, काठमाडौँ | माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा जाने तयारीमा लागेका छन् ।  

उनले हिजो माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । स्रोतका अनुसार नेता शर्मा पार्टीमा राजीनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसकेका थिए । अध्यक्ष यादवले नेता शर्मालाई पार्टीको महाधिवेशन अघि नै पार्टीमा आउन आग्रह गरेका थिए । जसपाको महाधिवेशन २०८१ जेठ २७ गतेदेखि जनकपुरमा हुने भनिएको छ ।  

जसपाका अध्यक्ष यादवले महाधिवेशन अघि नै आएमा पार्टीमा व्यवस्थापन गर्न सजिलो हुने बताएपछि नेता शर्माले माओवादीबाट राजीनामा दिएको स्रोतको दाबी छ । 


नेता शर्माले आफू जसपामा जान लागेको कुरा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पनि जानकारी गराएका थिए । पार्टीले पछिल्लो समय गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै आएका नेता शर्माले पार्टीमा जिम्मेवारी दिनुपर्ने माग गर्दै आएका थिए । जिम्मेवारी नपाउँदा पार्टीमा रहनुको अर्थ छैन भन्दै नेता शर्माले मधेस प्रदेशमा कुनै जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । 

अध्यक्ष प्रचण्डले थप जिम्मेबारीबारे सोच्न केही समय मागेका थिए । तर सात दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट नेता शर्मालाई कुनै रेसपोन्स आएन । त्यसपछि थप उनी तीन दिन पर्खे । तैपनि पनि प्रधानमन्त्री प्रचण्डबाट कुनै रेसपोन्स नआएपछि उनले पार्टीबाट राजीनामा दिएको स्रोतले जनाएको छ । 

नेता शर्मासँग यस विषयमा जान्नका लागि पटक पटक प्रयास गरे पनि उनी सम्पर्क आउन चाहेनन् । 

नेता शर्मा आफ्नो सरकारी जागिर छाडेर माओवादी आन्दोलनमा लागेका थिए । माओवादीमा हुँदा उनी उपेन्द्र यादवको साथमा मधेसी जनअधिकार फोरम नेपाल सामाजिक संस्थाको रूपमा गठन गरेका थिए । मधेसमा उनीहरू फोरमका तर्फबाट गतिविधि गरिरहेका थिए । २०६३ मा फोरम पार्टीको रूपमा दर्ता भयो, त्यसपछि रामकुमार शर्मा माओवादी छाडेर फोरममा गए । 

फोरमले सुरु गरेको मधेस आन्दोलनमा नेता शर्मा सक्रिय थिए । सोही क्रममा २०६४ भदौ १३ गते फोरम र सरकार बिच २२ बुँदे सम्झौता भएको थियो । सम्झौतामाथि चित्त नबुझेपछि भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, किशोर विश्वासलगायतका नेताहरूको साथमा नेता शर्मा फोरमबाट अलग भएर अर्को पार्टी बनाएका थिए । 

त्यही बेला महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायतका नेताहरू काँग्रेसबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी गठनको तयारीमा लागेका थिए । रामकुमार शर्माहरू पनि सोही पार्टीमा समाहित भए । 

२०६४ को पहिलो संविधानसभा चुनाव जितेका रामकुमार शर्मा २०६६ मा तमलोपा त्यागेर माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । माओवादीबाट डा बाबुराम भट्टराई अलग हुँदा शर्मा पनि उनकै साथमा नयाँ शक्ति पार्टीमा गएका थिए । तर उनी पछि माओवादी केन्द्रमै फर्किएका थिए । 

माओवादीमा रहँदा उनले मधेसका लागि पटक पटक आवाज उठाएका थिए । कहिले समूहमा त कहिले एक्लै पनि माओवादीका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रहरु दिइरहेका थिए । मधेसमा पार्टी संगठन सुधार गर्नका लागि उनले पटक पटक प्रयास गरेका थिए । 

उनले कार्यकारी जिम्मेवारी पनि माग गरिरहेका थिए । विघटन भएको राष्ट्रिय मधेसी मुक्ति मोर्चालाई पनि पुनर्गगठन गर्न प्रयास गरेका थिए । त्यसका लागि अध्यक्ष प्रचण्डसँग पटक पटक कुरा गरेका थिए । तर कुनै सुनुवाइ भएन । 

उनी अन्तिम पटक प्रचण्डलाई भनेका थिए, ‘मलाई कुनै एउटा जिम्मेवारी दिनुस् नभए पार्टी छाड्छु ।’ त्यो कुराको पनि सुनुवाइ नभएपछि उनी बाध्य भएर माओवादी पार्टी छाडे । 

तर पार्टी छाड्दा उनले पार्टीका ठुला ठुला नेता भ्रष्टाचारमा मुछिएको कारण आफू नैतिकताका आधारमा पार्टीमा बस्न नसक्ने भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने