२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं

२०८०, ११ चैत्र आईतवार १२:३४

चैत ११, काठमाडौँ | सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । सत्तारुढ प्रमुख दल एमालेले आफ्नो उम्मेदवार आज तय गरेको छ भने अन्य दलहरु पनि आ–आफ्नो तयारीमा छन् ।

एमाले सांसद सुभाष नेम्वाङको निधनपछि खाली भएको क्षेत्रमा उपचुनाव हुन लागेको हो । एमालेको आज बसेको सचिवालय बैठकले नेम्वाङकै पुत्र सुहाङलाई उम्मेदवारका रुपमा उभ्याएको हो । एमालेले युवा अनुहार उठाउँदै कम्तिमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समर्थनको आशा राखेको छ ।

आज बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँ (सुहाङ) योग्य उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’

रास्वपाले ईलाम २ मा उम्मेदवार निश्चित गरिसकेको छैन । तर, उपचुनावमा कसैसँग तालमेल नगर्ने भनेर पार्टीका सभापति रवि लामिछानेले पहिल्यै घोषणा गरिसकेका छन् । यसमा पार्टी अहिले पनि अडिक रहेको बताउँछन् रास्वपा महामन्त्री डा. मुकुल ढकाल ।

‘उहाँहरुले सहयोग माग्ने कुरा आफ्नो ठाउँमा छ । तर, हामी आफ्नै उम्मेदवार उठाउँछौं । एमाले उम्मेदवारलाई समर्थन गर्न सक्ने सम्भावना छैन । हामी प्रि–इलेक्सन गठवन्धनको पक्षमा थिएनौं र छैनौं’, उनले भने ।

डा. ढकालले भने, ‘एमालेले पनि मित्रवत प्रतिस्पर्धा गर्न तयार छौं भनेको छ, त्यही नै सही विकल्प हो ।’

उनले गठवन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गरिने बताए । ईलाम २ मा पार्टी सुदृढ अवस्थामा रहेको समेत डा. ढकालको दाबी छ । ‘इलाममा हाम्रो स्थिति मजबुत छ । हामी चुनाव जित्छौं,’ उनले भने । अघिल्लो आमनिर्वाचनको तुलनामा पार्टीको अवस्था धेरै सुधार भइसकेको उनले बताए ।

आफ्नो उम्मेदवार उभ्याएपछि सत्तारुढ अन्य दलसँग समर्थन नमाग्ने पनि महामन्त्री ढकालले प्रष्ट पारे ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई