रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् ।


कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!