२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम २ मा नेकपा एसका उम्मेदवार जीतबहादुर राई

२०८०, १४ चैत्र बुधबार ०६:५०

चैत १४, काठमाडौँ । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पनि इलाम २ मा उम्मेदवारको नाम टुंग्याएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले जीतबहादुर राईलाई अघि सार्ने भएको हो ।

पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।


नेकपा एसले उनै जीतबहादुरलाई आसन्न उपचुनावमा सांसदको टिकट दिने निर्णय गरेको हो । २०७४ सालको स्थानीय तहको चुनावमा भने राईले माई जोगमाई गाउँपालिका अध्यक्ष एमालेबाट जितेका थिए ।

एमाले विभाजनमा माधव नेपाललाई साथ दिएर नेकपा एसमा लागेका उनी ७९ मा भने एमालेकै उम्मेदवारसँग पराजित भए ।

२०७९ को निर्वाचनमा यहाँ नेकपा एसले समानुपातिकतर्फ ५८६ मत पाएको थियो ।

दिवंगत नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा नेकपा एमालेले उनै सुवासका कान्छा छोरा सुहाङलाई उठाउने निर्णय गरिसकेको छ । गठबन्धनकै घटक माओवादीले आज यहाँ आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको छ । पहिचानवादीले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउने भएको छ ।

रास्वा र नेपाली कांग्रेसले भने उम्मेदवार टुंग्याइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई