२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाको भेषमा खतरनाक पुरुष बन्दी जेलबाट फरार

२०८०, १४ चैत्र बुधबार ११:००

चैत १४, कारकस | भेनेजुएलामा एक जना खतरनाक अपराधी जेलबाट भागेका छन् । बन्दीहरूलाई भेटघाट गर्ने समय सकिने बेलामा ती पुरुष बन्दी महिलाको भेषमा लुसुक्क भागेका थिए । फरार भएका बन्दी २५ वर्षका म्यानुअल लोरेन्जो अभिला अल्भारादो हुन् । उनी नरसंहार र लुटपाट मच्चाएको अपराधमा हिरासतमा थिए ।

यो घटना मार्च १३ को हो । मध्याह्न २ बजेतिर बन्दीलाई भेट गर्न दिइने समय सकिने बेलामा उनी जेलबाट भागेको भन्दै स्थानीय पत्रिकाले खबर छापेको छ । अल्भारादोले खैरो विग र महिलाको पहिरन लगाएर भागेका थिए । यी सबै चिज उनको प्रेमिकाले ल्याइदिएको हुन सक्ने बताइएको छ ।


प्रहरीको कडा पहरा भएको ठाउँबाट ती अपराधी महिलाको पहिरनमा जेलमा आफन्त भेट्न आएका महिलाहरुको समूहमा मिसिएर निस्किएको जेलको सेक्युरिटी क्यामरामा देखिएको छ । सुरक्षाकर्मीहरूले उनलाई कसरी चिन्न सकेनन् भन्ने अस्पष्ट छ । खुङ्खार अपराधी फरार भएपछि चार जना सुरक्षाकर्मीमाथि छानबिन भइरहेको छ ।

अल्भारादोलाई हालै मात्र अर्को जेलबाट त्यहाँ टोकुयिटोको सो जेलमा ल्याइएको थियो । अल्भारादोको अपराधमा उनको प्रेमिका पनि हिस्सेदार भएको बताइएको छ । उनी पनि प्रहरीको वान्टेडको सूचिमा छिन । महिलाको भेष धरेर पुरुष बन्दी भागेको यो पहिलो पटक होइन । केही वर्ष अघि पराग्वेमा पनि यस्तै घटना घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई