१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क साम्पाङले भेटे गृहमन्त्री

१८ चैत्र २०८०, आईतवार ०८:२५

चैत १८, धरान । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेर्स्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर लामिछानेले तारनतार स्टाटस लेख्दै आएका थिए ।


उनले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत-साधन उपलब्ध गराउन पनि उनले गृहमन्त्रीसँग माग राखे ।

गृहमन्त्रीसँगको भेटमा कर्मचारी र जनप्रतिनीधिका बीचमा काम गर्ने शैली नमिल्दा समस्या भएको उनको गुनासो थियो ।

मेयर हर्कले भेटमा भने,‘कर्मचारीले प्रक्रिया खोज्ने र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको छ ।’

दुईजनाबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो । धरानमा आफूले शुक्रबार चलाइरहेको ‘सुधारबार’ अभियानमा सहभागी भइदिन उनले गृहमन्त्रीलाई निम्तो दिएका छन् ।

लामिछानेले मेयर साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफू गम्भीर रहेको बताए । उनले साम्पाङ्गका माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई उनले निर्देशन समेत दिएका छन् ।

प्रहरीलाई ‘आम नागरिकलाई भरोसा गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता जनाउँदै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियानमा जोड दिए । मेयर साम्पाङ्गको ‘सुधारबार’ को निम्ता स्वीकार्दै उनले आफू सहभागी हुने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह