१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिक पहुँचकै भरमा कामै नगरी तलब खान्छन कर्मचारी !

२१ चैत्र २०८०, बुधबार ०८:२२

चैत २१, सिरहा | मुकेश कुमार यादब | सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो। 

राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत एक कर्मचारीले बताए। नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘दुबैजना कार्यालय हाजिर गर्न मात्र आउँछन्। कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलव भत्ता लिने गरेका छन्।’


तत्कालिन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यावदलाई गाँउपालिका स्थापना भएको केहि दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए। 

उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै वस्दै आएको छ। केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिईएको थियो। तर, राजस्व हिनामिना गरीएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखीएको छ।’ 

उनले थपे, ‘हामी तिनजना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुदैन। तर वहाँ कार्यालय आउनुहुन्छ।’

कार्यलय आएपनि हाजिर गरेर बाहिर व्यतिmगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले केहि प्रतिकृया दिन चाहेनन्।

त्यसैगरी, गाँउपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकार्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादबलाई पोषण कार्यक्रम सयम् सेवकको रुपमा राखिएको थियो। अहिले मन्त्रालयले सहजकार्ताको रुपमा तलव भत्ता खुवाउने भनिएको छ। उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनानुसार तलव खुवाउदै आएको सहजकार्ताले वर्षमा दशवटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसेपनि तलव खुवाउनुपर्ने हुन्छ। तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन।’ 

उनले थपे, ‘गाँउपालिका अध्यक्षको निरहताको कारण पालिकाले गति लिन सकिरहेको छैन। गाँपा अध्यक्ष सत्यनारायण यादवलकै कारण पालिकामा कामगर्ने वातावरण विग्रदै गईरहेको छ।’

गाँपा अध्यक्ष यादवले कर्मचारीलाई राजनितिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरुको गुनासो रहँदै आएको छ। ‘कर्मचारीहरुले नीयम कानुन विपरित प्रेसर गरेर काम गर्न लगाएपछि कर्मचारी कसरी काम गर्छ?’ कर्मचारीहरुको प्रश्न छ।

कार्यालयमा विरलै देखापर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्वर ९८५२८३४७५९ र व्यक्तिगत नम्वरमा फोन गरेपनि मोवाइल स्चि अफ थियो।

यता, कर्मचारी द्वयको वारेमा गाँपा अध्यक्ष सत्यनारायण यादवसंग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए। उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे।’

तत्कालिन गाउँपालिका अध्यक्ष जागेस्वर यादबको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गाँपाले कुनै जिम्मेवारी दिएको छैन। यादब प्रत्येक दिन पञ्जिकरण शाखामा गएर हाजिर गरेर  बाहिर जानु हुन्छ। त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’