कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । "/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवश्यकताअनुरुप संविधान संशोधन गर्न सकिन्छ: भट्टराई

२०७३, ८ कार्तिक सोमबार १०:०६

कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । 

नेकपा एमाले व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले भने—“संविधान संशोधन आवश्यकताअनुरुप गर्न सकिन्छ तर मधेस र पहाडलाई अलगअलग हुनेगरी संविधान संशोधन गर्न सकिँदैन ।” 

सचिव भट्टराईले लोकतान्त्रिक र समावेशी भएकाले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै एमालेको विशेष भूमिकाका कारण सही समयमा संविधान घोषण भएको धारणा व्यक्त गरे ।

नेकपा एमालेका वैकल्पिक सदस्य एवम् तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य एकबहादुर रानाले यस्ता शुभकामना आदानप्रदान कार्यले सबै जातजाति तथा धर्मलाई एकताबद्ध गर्न सहज हुने बताए । 

नेकपा एमाले व्यासनगर कमिटी तनहुँका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहिद परिवार तथा पार्टीलाई योगदान पु¥याउने ६० बर्ष माथिका ९० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ