कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवश्यकताअनुरुप संविधान संशोधन गर्न सकिन्छ: भट्टराई

८ कार्तिक २०७३, सोमबार १०:०६

कात्तिक ८, तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । 

नेकपा एमाले व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले भने—“संविधान संशोधन आवश्यकताअनुरुप गर्न सकिन्छ तर मधेस र पहाडलाई अलगअलग हुनेगरी संविधान संशोधन गर्न सकिँदैन ।” 

सचिव भट्टराईले लोकतान्त्रिक र समावेशी भएकाले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै एमालेको विशेष भूमिकाका कारण सही समयमा संविधान घोषण भएको धारणा व्यक्त गरे ।

नेकपा एमालेका वैकल्पिक सदस्य एवम् तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य एकबहादुर रानाले यस्ता शुभकामना आदानप्रदान कार्यले सबै जातजाति तथा धर्मलाई एकताबद्ध गर्न सहज हुने बताए । 

नेकपा एमाले व्यासनगर कमिटी तनहुँका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहिद परिवार तथा पार्टीलाई योगदान पु¥याउने ६० बर्ष माथिका ९० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का