2026-07-08 04:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेलाई शेखरको चुनौती– गल्ती नगरेको भए अर्को मन्त्रालय गएर देखाउनुस्

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको बताएका छन्। 

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गल्ती नगरेको भए अर्को मन्त्रालयमा जान चुनौती दिएका छन्। 

‘प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस्,’ उनले भने,’ कान्तिपुरलाई तर्साएको र ढाकछोप गरेको हो। मिडिया र पत्रकारमाथि तर्साउने काम भइरहेको छ।’

प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने उनले उल्लेख गरे। ‘मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन,’ उनले अगाडि थपे,’ मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ ।‘

कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको जिकिर गरे। ‘देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ,’ उनको भनाइ छ,’ यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ।‘

सञ्चारकर्मीहरूलाई उनले त्रासमा नरहन पनि आग्रह गरे। नेपाली कांग्रेस सधैँ साथमा रहने र निर्वाध भई निडरका साथ काम गरेर अगाडि बढ्न उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम