2026-10-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम

2026-07-04

काठमाडौँ | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै मन्त्री गौतमले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरिएको बताएकी हुन् ।

मन्त्री गौतमले प्रस्तुत गरेकाे सो प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । ‘नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढंगले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौँ,’ मन्त्री गौतमले भनिन्, ‘पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्ने र पेश्की वापतको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्ने गरी अघि बढ्न खोजेका छौँ ।’

मन्त्री गौतमले सार्वजनिक खरिदसम्बन्धी विधेयक नियमित संसदीय प्रक्रियामार्फत प्रस्तुत गर्न सकिने भए पनि पूर्वाधार निर्माणका जटिल गाँठा छिटो फुकाउन अध्यादेशमार्फत ल्याइएको उल्लेख गरिन् । ‘पूर्वाधारका आयोजना ‘कन्स्ट्रक्सन इरिटेशन’ छन् । त्यही अप्ठेरो र गाँठो फुकाउनको लागि अध्यादेशमार्फत ल्याएका हौँ’, उनले भनिन् ।

बैठकमा सांसदहरू युवराज शर्मा, नरबहादुर विष्ट, प्रेमप्रसाद दंगाल, रामकुमारी झाँक्री, रञ्जित कर्ण, सोमनाथ पोर्तेललगायतले विधेयकको सैद्धान्तिक पक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु