७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’विरूद्ध सातै प्रदेशमा आन्दोलन गर्ने आजपाको निर्णय

१२ जेष्ठ २०८१, शनिबार ११:४६

जेठ १२, काठमाडौं | प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।

काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।

बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्न/गराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।

विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।

‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।

यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।

आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् :राष्ट्रपति बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै मौसम: तराई हुस्सु, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु प्रकृतिका बुवा सुनिल भन्छन्– ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या निर्देशन विपरीत सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो अपलोड गर्ने १ सय २० जना सशस्त्र प्रहरी कारबाहीमा सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन: डा शेखर कोइराला डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसी सडकमा प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ? कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’ सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि… एक सातादेखि हराइरहेका पुरुष जंगलमा मृत भेटिए केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न पुगे नेपाल प्रहरी लगनखेलको होटलमा एक कामदार मृत फेला