2026-07-08 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली यी चार कारणले संसदीय छानबिनमा रविको नाम लेख्न चाहँदैनन्: विश्वप्रकाश शर्मा

जेठ १३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चार कारणले गर्दा सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्न तयार नदेखिएको बताएका छन्।

काठमाडौंको प्रदर्शनीमार्गमा 'सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध' कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै शर्माले ओलीले रविको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन चाहेको दाबी गरेका हुन्।


‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनु हुन्छ,’ उनले भने, ‘यसका चार कारण छन्।’

शर्माका अनुसार पहिलो कारण सत्ताको गणित हो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टिकाउन लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको साथ आवश्यक रहन्छ। संसदमा रास्वपाका २१ सांसद छन्।

दोस्रो रविलाई देखाएर एमाले पार्टी पङ्तिलाई जोगाउने ध्यानमा अध्यक्ष ओली रहेको शर्माको भनाइ छ। एमालेका कतिपय नेताहरू पनि सहकारी प्रकरणमा जोडिएको चर्चा भइरहेका छन्।

तेस्रो भने सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरीबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली रहेको शर्मा बताउँछन्।

चौथो भने दीर्घकालीन रहेको उनले बताए। त्यो मिसन ०८४ सँग सम्बन्धित रहेको शर्माले बताए। ओलीले नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन खोजेको पनि शर्माको भनाइ थियो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी बचत ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सदनमा यो माग उठाइरहेको कांग्रेस आइतबारदेखि सडकबाट पनि सरकारलाई दबाब दिँदैछ।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीसहित सत्ता पक्ष तयार भए पनि यसको कार्यादेशमा सत्ता र प्रतिपक्षीबीच कुरा मिलेको छैन। कांग्रेसले कार्यादेशमै रवि लामिछानेको नाम राख्न अडान राखेको छ भने एमाले र रास्वपाले व्यक्ति केन्द्रित समिति बनाउन नहुने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम