११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘पुजार सार्की’ हेरेर भावुक भए बाबुराम

३१ जेष्ठ २०८१, बिहीबार ११:३१

जेठ ३१, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउसो चलचित्र हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए।

“म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ। ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ,” उनले भने “यो लामो लडाइँ हो। जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ। धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ। यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ।”

भट्टराईले जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताए। उनले भने, “म आफैले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिए, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ। यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ।” भट्टराईले यो चलचित्रले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए। उनले राज्यले यस प्रकारका चलचित्रलाई कर छुट दिनुपर्ने विचार राखे ।

त्यस्तै, दोस्रो पटक ‘पुजार सार्की’ हेर्न पुगेकी पूर्व मन्त्री तथा बाबुराम पत्नी हिसिला यमीले राजनीतिकर्मीले यो चलचित्रको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरिन्। उनले भनिन्, “प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ।” उनले वास्तविक मुद्दा बोक्ने सधैँ अल्पमतमा परिरहेको बताउँदै आफूहरू चलचित्रमा मेघराज पात्र जस्तै सधैँ क्रान्तिकारी रहेको र सोही पात्रजस्तै सधैँ अल्पमतमा परेको बताइन्।

चलचित्रका लेखक बिकास सुवेदीले पूर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो चलचित्रमा रहेको बताए। सुवेदीले भने, “उहाँहरूले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठुलो सफलता हो। मूल मुद्दामा अडान लिने मानिसहरू मुद्दाबाट पर पर पुग्नु र अवसरवादीहरू अगाडि आइरहेको कम्युनिस्ट आन्दोलनमा देखिएको छ। त्यो कुराको असन्तुष्टि म भित्र पनि रहेछ भन्ने लागेको छ। लेखकको हिसाबले उहाँहरूको प्रतिक्रिया मैले अस्कर पाएजस्तै हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह