२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको छः महामन्त्री कोइराला

२०७३, १२ कार्तिक शुक्रबार ०८:५१

कात्तिक १२, जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – नेकपा ९एमाले० पनि संशोधनप्रति नकारात्मक छैन् । 

महामन्त्री कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता छ भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राख्नुभयो । 

संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्ै टक्का जस्ता विचारलाई त्याग्नु जरूरी भएको बताउँदै उहाँले दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्नसमेत मधेसी मोर्चासँग आग्रह गर्नुभयो । 

एक प्रश्नको जवाफमा महामन्त्री कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारे पनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र होइन भन्नुभयो । 

लोकमानलाई दिइएको अधिकार संशयको विषय हो भन्दै उहाँले महाभियोगको प्रस्तावले उत्पन्न तरङ्गमा सबैलाई संवेदनशील हुनु आवश्यक भएको धारणा राख्नुभयो । 

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन गराउनुभन्दा पूर्व नै प्रान्तको संरचना प्रस्ट हुनुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तुत सङ्ख्या सन्दर्भमा गहन छलफलको आवश्यकता रहेको छ भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित