पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

संविधान संशोधनको कुरा बजार हल्ला मात्रै : एमाले महासचिव पोखरेल

२० कार्तिक २०७३, शनिबार १३:४२


पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पोखरेलले अहिले सम्म सरकार वा अन्य कुनै पक्षले संसोधनका बारेमा स्पष्ट धारणा बनाउन नसकेको तर बाहिर हल्ला मात्रै बढि गरेको बताउनुभएको हो । ‘संविधान गतिशील दस्तावेज हो, असंशोधनीय होइन । तर संशोधन केका लागि ? र के विषय हुन् ? भन्ने प्रष्ट हुनुपर्छ’ पोखरेलले भन्नुभयो, ‘संविधान संशोधनको राजनीतिक बजार मात्र भइरहेको छ’ संविधान संशोधनीय दस्तावेज भएपनि अभ्यास, अनुभव र औचित्यपूर्ण हिसाबमा मात्र संशोधन गर्न सकिने उहाँको भनाई छ । 

संविधान संशोधन, सीमांकन, स्थानीय निकायको पुर्नसंरचना र निर्वाचन लगायत विषय राजनीतिक दलकै इच्छाशक्तिमा निर्भर हुने उहाँको भनाइ छ । महासचिव पोखरेलले फरक प्रशंगमा तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी रहेको बताउनु  भएको छ । मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी रहेको उहाँको भनाई छ । 

कांग्रेस महाअभियोगको विपक्षमा जान पाउँदैन  

एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस कुनै हालतमा अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जान नसक्ने बताउनु भएको छ । ‘कांग्रेसबाहेकका सबै राजनीतिक दल महाअभियोगका पक्षमा छन्’ पोखरेलले भन्नुभयो,‘काँग्रेसले निर्णयमा पुग्न ढिलो गरे पनि महाअभियोगको विपक्षमा उभिँदैन,उभिन पाउँदैन ।’ 


भेलालाई महासचिव पोखरेल,प्रदेशन नं. १ संयोजक भिम आचार्य,सहसंयोजक शेरधनराई, केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज समेत रहनु भएका सांसद यज्ञराज सुनुवार,सांसदहरु हर्कबोल राई,सकुन्तोला राजभण्डारी सहितका सांसद तथा विभिन्न तहका नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलामा सहभागि जिल्ला स्थित एमालेका नेता तथा कार्यकर्ताहरुले पनि मुलुकको हित विपरीतका निर्णयहरुका विरुद्धमा थप सकृृय भएर लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । 

संविधान कार्यान्वयनका लागि एमालेको ४ महिने जनपरिचालन अभियान लिएर महासचिव पोखरेल सहित पुर्वसञ्चारमन्त्री शेरधन राई लगाएतका एमालेका शिर्ष नेताहरु ओखलढुंगा आईपुग्नु भएको हो । राष्ट्रिय एकता,सम्वृद्धि र स्वाभिमान संविधान कार्यान्वयन एमालेको अभियान अन्तरगतको अभियान माथिल्लो सगरमाथाको सोलुखुम्बुमा शुक्रबार र ओखलढुंगामा आज शनिवारबाट सुरु भएको छ । भोली खोेटाङमा कार्यक्रम हुने एमालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’