२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा स्थानिय तहको खाका आयोगमा पठाएपनि झनै असन्तुष्टि थपिँदै

२०७३, २२ कार्तिक सोमबार ११:५६

जितेन्द्र भण्डारी/कात्तिक २२, पाँचथर । पाँचथरमा राजनितीक दल र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति प्राविधिक समितीले २ वटा खाकाहरु आयोग समक्ष पठाएपनि असन्तुष्टि वढ्ने क्रम झनै थपिएको छ ।

 गाउँमै नपुगी त्यस ठाउँका नागरिकको राय सल्लाह सुझाव नलिकन राजनितीक दल र प्राविधिक समितीले कोठामा बसेर निर्णय गर्ने गरेको भन्दै स्थानियहरु अहिले आक्रोशित बन्न थालेका छन् । 

राजनितीक दलहरु र समितीले गरेको निर्णयले कसैले पायक पर्ने ठाउँ बनायो त कसैलाई पन्चायत कालमा भन्दा झनै सास्ती खेप्नु पर्ने अवस्था सिर्जना भयो । राजनितीक दलका नेता गणहरु र प्राविधिकहरु गाउँमा फिल्डमा खटिएर जनतालाई सेवा कहाँ पायक पर्दछ सोधेर उनीहरुको भावना विचारलाई समेटेर सेवा केन्द्र तोकिनुपर्ने आयोगको स्पष्ट मापदण्ड थियो ।

तर त्यो मापदण्डलाई कुनै वास्तै नगरी २ दिन राजनितीक दलका सीमित ब्यक्तिहरु जिविसमा बसेर कोठे निर्णय गरे, जसले गर्दा अहिले स्थानियहरु प्राविधिक समिती संयोजक र राजनितीक दलहरुको पाटी कार्यालय र घर धाउन वाध्य छन् । 

सोमबार जिविसमा पुग्दा रानीटार वासीहरुको जमातले प्राविधि समिती संयोजकलाई निवेदन वुझाउँदै आफनो दुखेसो पोख्दै थिए । उक्त टोलीमा सहभागि नेकपा माओवादी केन्द्रका विरेन्द्र बास्कोटाले भने,“ पुर्नसंरचना भनेको नागरिकलाई घर पायकमा भएको सेवा सुविधा खोसेर अपायक पार्ने स्थानमा लैजानु हो र ? हैन् भने मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ, कि नागरिकलाई जहाँ पायक पर्दछ,त्यहिँ पो सेवा केन्द्र राखिनुपर्दछ त हैन् भने पुर्नसंरचनाको के अर्थ र ?” उनले थपे,“कि रानीटार गाविसलाई सिङगै फिदिम नगरपालिका भित्र राखिनुपथ्र्यो, होइन् भने सिँगै गाविसलाई छिन्तापु गाउँपालिका भित्र समेट्नुपदथ्र्यो ।”  

वडा नम्बर ९ लाई मात्रै छिन्तापु गाउँपालिकामा राखिएको प्रति स्थानिय काग्रेस,एमाले,नेकपा माओावादी केन्द्र,नेकपा माले,संघिय समाजवादी फोरम,लिम्वुवान लगायतका दलहरुले विरोध जनाएका छन् । 

यस्तै अर्को त्रुटि प्रस्तावित मिक्लाजुङ गाउँपालिकाको गाविस सराङडाँडाको वडा नम्बर ५ लाई अहिलको वडा नम्बर ८ स्थित सप्तमी वजारमा सेवा केन्द्र राखिएको प्रति स्थानियले आपत्ति जनाएका छन् । राजनितकी दल र प्राविधिक समितीले वडा नम्बर १ देखि ४ लाई सराङ र वडा नम्बर ५ देखि ९ नम्बर वडा सम्म सप्तमी केन्द्र राखेका छन् । 

जुन सराङडाँडा ५ बासीका लागि अत्यन्तै अपायक पर्दछ । वर्षोअघि देखि गाविसको कार्यालय सराङडाँ बाटै सेवा लिँइँदै आएका उनीहरु अव सप्तमी सेवा केन्द्र पुग्न वडा नम्बर ५ देखि ४ देखि ५ घण्टाको पैदल दूरी धाउनुपर्ने भएको छ । 

सप्तमी वजार पुग्नलाई अर्को बाटो छैन्, सराङको केन्द्र हुँदै थप ३ घण्टा हिडेपछि मात्रै सप्तमी वजार पुग्न सकिन्छ । आज त्यस गाविसवासीको सर्वदलिय सर्वपक्षिय वैठक बसेर ५ नम्बर वडालाई वडा नम्बर ८ मा राखिएको प्रति सर्वत्र विरोध भएको छ । 

यथाशक्य उक्त निर्णय सच्याउँदै वडा नम्बर ५ लाई अहिलेको वडा नम्बर १ मा राखिनुपर्ने उनीहरुको भनाई छ । यो निर्णयलाई नसच्याए कडा आन्दोलन गर्ने वडा नागरिक मंच संयोजक चन्द्र भटराईले चेतावनी दिनुभयो । 

यस्तै नेकपा एमालेका नेता नरेन्द्र बस्नेतले भन्नुभयो,” सराङडाँडा वडा ५ लाई वडा नम्बर ८ मा राखिएको प्रति मेरो आपत्ति छ् यो अत्यन्तै अब्यवहारिक र अन्यापूर्ण छ,यसलाई यथाश्क्य सच्चाईनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल