३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा स्थानिय तहको खाका आयोगमा पठाएपनि झनै असन्तुष्टि थपिँदै

२२ कार्तिक २०७३, सोमबार ११:५६

जितेन्द्र भण्डारी/कात्तिक २२, पाँचथर । पाँचथरमा राजनितीक दल र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति प्राविधिक समितीले २ वटा खाकाहरु आयोग समक्ष पठाएपनि असन्तुष्टि वढ्ने क्रम झनै थपिएको छ ।

 गाउँमै नपुगी त्यस ठाउँका नागरिकको राय सल्लाह सुझाव नलिकन राजनितीक दल र प्राविधिक समितीले कोठामा बसेर निर्णय गर्ने गरेको भन्दै स्थानियहरु अहिले आक्रोशित बन्न थालेका छन् । 

राजनितीक दलहरु र समितीले गरेको निर्णयले कसैले पायक पर्ने ठाउँ बनायो त कसैलाई पन्चायत कालमा भन्दा झनै सास्ती खेप्नु पर्ने अवस्था सिर्जना भयो । राजनितीक दलका नेता गणहरु र प्राविधिकहरु गाउँमा फिल्डमा खटिएर जनतालाई सेवा कहाँ पायक पर्दछ सोधेर उनीहरुको भावना विचारलाई समेटेर सेवा केन्द्र तोकिनुपर्ने आयोगको स्पष्ट मापदण्ड थियो ।

तर त्यो मापदण्डलाई कुनै वास्तै नगरी २ दिन राजनितीक दलका सीमित ब्यक्तिहरु जिविसमा बसेर कोठे निर्णय गरे, जसले गर्दा अहिले स्थानियहरु प्राविधिक समिती संयोजक र राजनितीक दलहरुको पाटी कार्यालय र घर धाउन वाध्य छन् । 

सोमबार जिविसमा पुग्दा रानीटार वासीहरुको जमातले प्राविधि समिती संयोजकलाई निवेदन वुझाउँदै आफनो दुखेसो पोख्दै थिए । उक्त टोलीमा सहभागि नेकपा माओवादी केन्द्रका विरेन्द्र बास्कोटाले भने,“ पुर्नसंरचना भनेको नागरिकलाई घर पायकमा भएको सेवा सुविधा खोसेर अपायक पार्ने स्थानमा लैजानु हो र ? हैन् भने मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ, कि नागरिकलाई जहाँ पायक पर्दछ,त्यहिँ पो सेवा केन्द्र राखिनुपर्दछ त हैन् भने पुर्नसंरचनाको के अर्थ र ?” उनले थपे,“कि रानीटार गाविसलाई सिङगै फिदिम नगरपालिका भित्र राखिनुपथ्र्यो, होइन् भने सिँगै गाविसलाई छिन्तापु गाउँपालिका भित्र समेट्नुपदथ्र्यो ।”  

वडा नम्बर ९ लाई मात्रै छिन्तापु गाउँपालिकामा राखिएको प्रति स्थानिय काग्रेस,एमाले,नेकपा माओावादी केन्द्र,नेकपा माले,संघिय समाजवादी फोरम,लिम्वुवान लगायतका दलहरुले विरोध जनाएका छन् । 

यस्तै अर्को त्रुटि प्रस्तावित मिक्लाजुङ गाउँपालिकाको गाविस सराङडाँडाको वडा नम्बर ५ लाई अहिलको वडा नम्बर ८ स्थित सप्तमी वजारमा सेवा केन्द्र राखिएको प्रति स्थानियले आपत्ति जनाएका छन् । राजनितकी दल र प्राविधिक समितीले वडा नम्बर १ देखि ४ लाई सराङ र वडा नम्बर ५ देखि ९ नम्बर वडा सम्म सप्तमी केन्द्र राखेका छन् । 

जुन सराङडाँडा ५ बासीका लागि अत्यन्तै अपायक पर्दछ । वर्षोअघि देखि गाविसको कार्यालय सराङडाँ बाटै सेवा लिँइँदै आएका उनीहरु अव सप्तमी सेवा केन्द्र पुग्न वडा नम्बर ५ देखि ४ देखि ५ घण्टाको पैदल दूरी धाउनुपर्ने भएको छ । 

सप्तमी वजार पुग्नलाई अर्को बाटो छैन्, सराङको केन्द्र हुँदै थप ३ घण्टा हिडेपछि मात्रै सप्तमी वजार पुग्न सकिन्छ । आज त्यस गाविसवासीको सर्वदलिय सर्वपक्षिय वैठक बसेर ५ नम्बर वडालाई वडा नम्बर ८ मा राखिएको प्रति सर्वत्र विरोध भएको छ । 

यथाशक्य उक्त निर्णय सच्याउँदै वडा नम्बर ५ लाई अहिलेको वडा नम्बर १ मा राखिनुपर्ने उनीहरुको भनाई छ । यो निर्णयलाई नसच्याए कडा आन्दोलन गर्ने वडा नागरिक मंच संयोजक चन्द्र भटराईले चेतावनी दिनुभयो । 

यस्तै नेकपा एमालेका नेता नरेन्द्र बस्नेतले भन्नुभयो,” सराङडाँडा वडा ५ लाई वडा नम्बर ८ मा राखिएको प्रति मेरो आपत्ति छ् यो अत्यन्तै अब्यवहारिक र अन्यापूर्ण छ,यसलाई यथाश्क्य सच्चाईनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’