३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ नगर नभए कडा आन्दोलन हुने चेतावनी

२४ कार्तिक २०७३, बुधबार १२:२८

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिँदै राजनैतिलक दलको सर्वलिय टोलले जिल्ला प्रविधि समितिलाई ज्ञापन पत्र बुझाएको छ । 

बुर्तिबाङको सर्वदालिय टोलीले ज्ञापन पत्र वुझाएको हो । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका बुर्तिबाङ, राजकुत, अधिकारीचौर, बोबाङ, भिमगिठे र दर्लिङलाई नै नगरपालिका बनाउने माग सहित ज्ञापन पत्र बुझार्ईको नेपाली काँग्रश बुर्तिबाङका सभापती शालिकरम शर्मले जानकारी दिनुभयो । जनसंख्या पनि पुग्ने भएकाले कुनैपनि हालतमा नगरपालिका बनाउनुपन भन्दै दलहरुले माग वेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् । 

बुर्तिबाङ केन्द्र हुने गरि नगरपालिकामा जान सहमत हुँदै अधिकारीचौर गाविसबाट पनि आजै माग पत्र बुझार्ईको छ । दर्लिङ र भिमगिठेका राजनैतिक दलले भने ग्वालीचौर, रणसिंहकिटेनी सहितका गाविस समेटेर बढिघाबट गाउँपालिका बनाउन माग गर्दै ज्ञापन पत्र वुझाएका छन् ।   

यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथ व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् । 

३ लाख जनसंख्यालाई वस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्तरगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ । प्रश्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैङ्क, कवर्डहल, मध्यपहाडीलोकमार्ग, प्रश्तावित उत्तरगंगा जलासययुक्त जलविद्यूत अयोजना लगायतक पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ । 

ज्ञापन पत्र बुझ्दै  स्थानिय विकाश अधिकारी रामप्रसाद आचार्यले बुर्तिबाङ क्षेत्रमा नगरपालिका बनाउनुपर्नेमा आफु सकारात्म भएको बताएको नेपाली काँग्रश बुर्तिबाङका सभापती सालिकराम शर्माले जानकारी दिनुभयो । 

टोलीमा काँग्रशबाट सभापती शर्मा, एकालेबाट केसर छन्त्याल, माओवादी केन्द्रबाट चित्र भण्डारी र राजमोबाट जिल्ला सचिव धर्मकुँवर लगायत रहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’