१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय निकाय पुनर्संरचना : बुर्तिबाङ क्षेत्रमा सवैभन्दा बढी किचलो

२५ कार्तिक २०७३, बिहीबार ०६:२०

कृष्ण कँडेल, कात्तिक २५, बागलुङ । गाविसैपिच्छे आ–आफ्नै माग सहित ज्ञापन पत्र बुझाउने क्रम बढे पछि बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा स्थानिय निकायको सिमांकनमा सवैभन्दा बढी कचिलो देखिएको छ । 

कात्तिक १९ गते जिल्ला प्राविधि समितिले गाउँपालिका प्र्रश्तव गरेका बुर्तिबाङ, राजकुत, बोबाङ, अधिकारीचौर, भिमगिठे र दर्लिङलाई जुनसुकै हालतमा नगरपालिका बनाउनुपर्ने भन्दै बुधबार ज्ञापनपत्र बुझार्ईको छ । 

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथ व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् । ३ लाख जनसंख्यालाई वस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्तरगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ । प्रश्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैङ्क, कवर्डहल, मध्यपहाडीलोकमार्ग, प्रश्तावित उत्तरगंगा जलासययुक्त जलविद्यूत अयोजना लगायतका पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ । 

यो प्रश्तावमा अधिकारीचौर बाहेक अरु गाविसको असहमती देखिएको छ । तर जनसंख्या पनि पुग्ने भएकाले प्रश्तावित ६ गाविसलाई कुनैपनि हालतमा नगरपालिका बनाउनुपर्ने भन्दै माग वेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् । 

बोबाङका राजनैतिक दलको अगुवाईमा अधिकारीचौर र निसीलाई मिलाएर गाउँ पालिका बनाउनुपर्ने दवाव दिएका छन् । तिनओटै गाविसको सर्वदलय बैठक गरि गाउँपालिका बनाउने निर्णय भएको भन्दै नेकपा एमाले क्षेत्रीय सदस्य बोबाङका हरि घर्तीले भौगोलि रुपमा विकट गाउँका नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउनकै लागि संघियता र स्थानिय निकाय पुनसंरचना गरिने हुँदा जुनसुकै अवस्थामा तिन गाविसको गाउँपालिका बनाएरै छोड्ने बताए ।

यता निसीसँग बोहरागाउँ, देविस्थान र राजकुतलाई पनि समेटेर निसीखोला गाउँपालिका माग गर्दै चारै गाविसको सर्वदलिय टोलिले देविस्थानको वडा नम्बर–९ खाडुलाई केन्द्र मान्ने सहमती सहित ज्ञापनपत्र बुझार्ईको छ । 

भुगोल, जनसंख्या लगायतका सवै मापदण्डले निसीखोला गाउँपालिका बन्न योग्य रहको नेपाली काँग्रेश जिल्ला कार्यसमिति सदस्य तारानाथ शर्माले बताए । 

निसीखोला गाउँपालिकामा जने कि बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जाने भन्ने विषयमा राजकुतका राजनैतिक दल विभाजित भएका भएका छन् । राजकुत काँग्रशका सभापती तेजेन्द्र विक्रम कुँवर, एमालेका गाविस अध्यक्ष लालविर लाप्चन सहित अन्य पार्टिका नेता राजकुतलाई बुर्तिबाङ केन्द्रमा राख्नुपर्ने भन्दै बुर्तिबाङको डेलिकेशन टोलीमा सहभागी भएका छन् । तर नेपाली काँग्रश जिल्ला सदस्य राजकुतका प्रकाश कुँवर र राजकुत माओवादी केन्द्रका कृष्ण पुन लगायत निसीखोला गाउँपालिका माग गर्दै निसीखोलाकै डेलिगेशनमा सहभागी देखिए । 

अझ रोचक कुरा त के भने राजकुत काँग्रेशका सभापतीले देविस्थान केन्द्र हुने निसीखलोला गाउँपालिकामा जाने संस्थागत निर्णय विपरित बुर्तिबाङ नगरमा जान लविङ गरेको आरोपमा उपसाभापती लालबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले हटाउने निर्णय गरेको खवर आएको थियो । सभापती हटाउने बैठकको अध्यक्षता गरेका उपसभाती कँवर कै अध्यक्षतामा कार्तिक २२ गते राजकुतको फेरी अर्को सर्वदलिय बैठकले बुर्तिबाङ नगरपालिकामा जाने निर्णय गरेर बुर्तिबाङकै टोलिसँग डेलिकेशन गएको सभापती तेजेन्द्र कुँवरले दावि गरे । 

स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै भिमगिठे, दर्लिङ, ग्वालीचौरका दलले ईलाका नम्बर–११ मा पर्ने यि तिन सहित जलजला र दगातुन्डाँडा गाविसलाई समेटेर गाउँपालिका बनाउन माग गरेका छन् । 

दर्लिङका राजनैतिक दलले भौगोलिक रुपमा दुर्गम रहेकाले बुर्तिबाङ पायक नपर्ने, विकासका पुर्वाधार प्रयाप्त नभएको र नगरपालिका बनेपछि उल्टै महँङ्गो कर तिर्नुपर्ने भन्दै यस अघि प्रश्तावित बढिघाट गाउँपालिका उपयुक्त रहेको दावि गर्छन् । 

गाउँपालिकाको केन्द्र ग्वालिचौर र भिमगिठेको विचमा राख्न सकिने एमालेका दिपक रायमाझीले बताए । यसमा असहमत नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउनुपर्ने माग गरे । 

यता रणसिंहकिटेनीले भने ईलाका नम्बर–९ का पाण्डखानी, सिसाखानी र रिघासँग ४ गाविसको गाउँपालिका बनाउन माग गरेको र त्यसो नभए ग्वालीचौर सहितको केन्द्रमा जाने मत राख्ने गरेको बताईन्छ । दगातुन्डाँडाले खर्बाङ केन्द्र बनाउनुपर्ने माग गर्दै आएको छ । खर्बाङ केन्द्रका लागि दगा सहितका गाविसले यसअघि सडक अन्दोलन नै गरेका थिए । भिमगिठे, दर्लिङ र ग्वालीचौरले अपायक पर्ने भन्दै खर्वाङ केन्द्र नमान्ने बताउछन् । यि चार गाविसको विचमा केन्द्रको बार्गिनिङ हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल