२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तरुणको केन्द्रिय नेतृत्वमा बागलुङका खत्रीको उम्मेद्वारी

२५ कार्तिक २०७३, बिहीबार ०७:०४

कृष्ण कँडेल, कात्तिक २५, बागलुङ । नेपाल तरुण दल बागलुङका पुर्वअध्यक्ष बागलुङ गलकोटका फमबहादुर खत्रीले तरुण दलको चौथो राष्ट्रिय अधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

खत्रीले एक दशक पछि यहि कार्तिक २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुन लागेको चौथो अधिवशनमा आफु केन्द्रिय सदस्यमा चुनाव लड्ने बताउनुभएको छ । 

बागलुङको मध्यभाग गलकोटबाट एक दशक पहिले जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालेको र पार्टि संगठन निर्माणमा निरन्तर लागेकाले धौलागिरीका तरुणहरुको प्रतिनिधित्व केन्द्रमा गर्न आफु तत्पर भएको खत्रीको भनाई छ । 

तल्लो तहमा बसेर काम गर्दै आएकाले आफुले युवा तथा तरुणका समस्या बुझेको भन्दै ति सरोकारलाई निति निर्माण तहमा पु¥याउन आफु निर्वाचित हुनुपर्ने खत्रीको दावि छ । 

‘मैले आफ्नो राजनितिक जीवनमा नेविसंघ, तरुण दल हुँदै पार्टिमा समेत योगदान गरेको छु ।’ खत्रीले भन्नुभयो,‘तल्लो तहमै बसेर युवाहरुसँग काम गर्दै आएको छु, अब केन्द्रमै गएर ति युवाको आवाजलाई स्थापित गर्दै आफ्नो पनि नेतृत्व विकास गर्न चाहन्छु ।’ खत्रीले आफु निस्वार्थ रुपमा समाजिक सुधार तथा पार्टि संगठन निर्माणमा निरन्तर लागेको हुँदा युवाहरुले आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

अधिबेशनमा हुने निर्वाचन नेतृत्व चयनको लोकतान्त्रिक पद्धति भएका कारण आफु चुनाव लडेरै केन्द्रिय नेतृत्वमा जाने मनस्थितीमा रहको खत्रीको भनाई छ । 

‘नेपाली काँग्रशका भातृ संगठनहरुको अधिवेशन लामो समयसम्म नहुँदा युवाहरु नेतृत्व विकासमा बञ्चित हुनुप¥यो ।’ खत्रीले भन्नुभयो, ढिलै भएपनि प्राप्त भएको अवसरको सम्पुर्ण युवासाथीहरुले भरपुर प्रयोग गर्नुपर्छ ।’ उहाँले तरुण दल तथा राज्यकै लागि पनि युवा मैत्री निति निर्माणको लागि आफु सँधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य