२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तरुण दल पर्सा अध्यक्षमा पटेल सर्वसम्मत

२०७३, २६ कार्तिक शुक्रबार ०३:४४

कात्तिक २६, पर्सा । दुई महिना लामो छलफल र दर्जनौँ बैठकपछि नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दल, पर्साको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । पार्टीका नेताबीच भएको पटकपटकको बैठक र छलफलपछि तरुण दल जिल्ला कार्यसमितिलाई निर्विरोध चयन गर्ने सहमति भएको हो । 

वीरगन्जमा बिहीबार सम्पन्न भएको तरुण दल पर्साको जिल्ला अधिवेशनले वीरेन्द्र पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला अधिवेशनले तरुण दल, पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा आनन्द चौधरी, सचिवमा विवेककुमार चौरसिया, कोषाध्यक्षमा बालिस्टर साह कानुलाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष पटेलले आज प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै, जिल्ला अधिवेशनले तरुण दलको केन्द्रीय पार्षदमा हुकुम सिंह, महिला केन्द्रीय पार्षदमा अनामिकाकुमारी यादव, महिला महाधिवेशन प्रतिनिधि ९खुल्ला०मा सवितादेवी सिंह, महिला महाधिवेशन प्रतिनिधि ९समावेशी०मा शोभा देवी, समावेशी महाधिवेशन प्रतिनिधिमा विजय सिंह, दलित महाधिवेशन प्रतिनिधिमा देवेन्द्र सिंह बल (कालु) र आरक्षित महाधिवेशन प्रतिनिधिमा सावीर अहम्मद एराजलाई सर्वसम्मतरुपमा निर्वाचित गरिएको अध्यक्ष पटेलले जानकारी दिनुभयो । 

जिल्ला अधिवेशनले पर्सामा रहेको एक उपमहानगरपालिका तथा एक नगरपालिकासहित पाँचवटा निर्वाचन क्षेत्रका लागि क्षेत्रीय अध्यक्ष समेतलाई सर्वसम्मत नै चयन गरेको जिल्ला अध्यक्ष पटेलले बताउनुभयो । उहाँले तरुण दलको वीरगन्ज उपमहानगरपालिकाको नगर अध्यक्षमा अजयकुमार गुप्ता र पोखरिया नगरपालिकाको नगर अध्यक्षमा रामश्रै वैठालाई चयन गरेको जानकारी दिनुभयो । 

त्यसैगरी, १ नं क्षेत्रको क्षेत्रीय अध्यक्षमा दशरथ पटेल, क्षेत्र नं २ मा अनिल यादव, क्षेत्र नं ३ मा सुरेन्द्र सिंह, क्षेत्र नं ४ मा फणिन्द्रप्रसाद पटेल र क्षेत्र नं ५ को क्षेत्रीय अध्यक्षमा अशोक पटेललाई चयन गरिएको अध्यक्ष पटेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो