१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तरुण दल पर्सा अध्यक्षमा पटेल सर्वसम्मत

२६ कार्तिक २०७३, शुक्रबार ०३:४४

कात्तिक २६, पर्सा । दुई महिना लामो छलफल र दर्जनौँ बैठकपछि नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दल, पर्साको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । पार्टीका नेताबीच भएको पटकपटकको बैठक र छलफलपछि तरुण दल जिल्ला कार्यसमितिलाई निर्विरोध चयन गर्ने सहमति भएको हो । 

वीरगन्जमा बिहीबार सम्पन्न भएको तरुण दल पर्साको जिल्ला अधिवेशनले वीरेन्द्र पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला अधिवेशनले तरुण दल, पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा आनन्द चौधरी, सचिवमा विवेककुमार चौरसिया, कोषाध्यक्षमा बालिस्टर साह कानुलाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष पटेलले आज प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै, जिल्ला अधिवेशनले तरुण दलको केन्द्रीय पार्षदमा हुकुम सिंह, महिला केन्द्रीय पार्षदमा अनामिकाकुमारी यादव, महिला महाधिवेशन प्रतिनिधि ९खुल्ला०मा सवितादेवी सिंह, महिला महाधिवेशन प्रतिनिधि ९समावेशी०मा शोभा देवी, समावेशी महाधिवेशन प्रतिनिधिमा विजय सिंह, दलित महाधिवेशन प्रतिनिधिमा देवेन्द्र सिंह बल (कालु) र आरक्षित महाधिवेशन प्रतिनिधिमा सावीर अहम्मद एराजलाई सर्वसम्मतरुपमा निर्वाचित गरिएको अध्यक्ष पटेलले जानकारी दिनुभयो । 

जिल्ला अधिवेशनले पर्सामा रहेको एक उपमहानगरपालिका तथा एक नगरपालिकासहित पाँचवटा निर्वाचन क्षेत्रका लागि क्षेत्रीय अध्यक्ष समेतलाई सर्वसम्मत नै चयन गरेको जिल्ला अध्यक्ष पटेलले बताउनुभयो । उहाँले तरुण दलको वीरगन्ज उपमहानगरपालिकाको नगर अध्यक्षमा अजयकुमार गुप्ता र पोखरिया नगरपालिकाको नगर अध्यक्षमा रामश्रै वैठालाई चयन गरेको जानकारी दिनुभयो । 

त्यसैगरी, १ नं क्षेत्रको क्षेत्रीय अध्यक्षमा दशरथ पटेल, क्षेत्र नं २ मा अनिल यादव, क्षेत्र नं ३ मा सुरेन्द्र सिंह, क्षेत्र नं ४ मा फणिन्द्रप्रसाद पटेल र क्षेत्र नं ५ को क्षेत्रीय अध्यक्षमा अशोक पटेललाई चयन गरिएको अध्यक्ष पटेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का