दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रिय जनमोर्चाद्धारा जनतासंग जम्काभेट अभियान सुरु

२६ कार्तिक २०७३, शुक्रबार १०:४०


दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा कालिकोटले जनता संग जम्काभेट अभियान थालेको जानकारी दिएको छ । 

जिल्लामा रहेका विकास निर्माण, राजनैतिक अवस्था, शैक्षिक गतिविधि र आर्थिक अनियमितता लगायतका सवालहरुलाई गाउँबस्तिका जनतालाई कोण सभा, अन्तरक्रिया, सास्कृतिक कार्यक्रम मार्फत जागृत गराउन जन्काभेट अभियान थालेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

राष्ट्रिय जनमोर्चा कालिकोटका जिल्ला अध्यक्ष कटक बहादुर शाहीको अध्यक्षता, केन्द्रिय सदस्य देबजंग शाहीको प्रमुख आथित्यता, केन्द्रिय सल्लाहकार समिति सदस्य जयकृष्ण संज्यालको विशेष आथित्यता र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य अजय गिरीको आथित्यतामा आज आज आयोजित पत्रकार सम्मेलनमा कार्तिक २२ गते देखि आउदो कार्तिक २२ गते सम्म गरिने बार्षिक कार्यक्रमको सेडुवल पस्तुत गर्दै राजमो जिल्ला उपाध्यक्ष मिन बहादुर शाहीले जिल्लाका प्रमुख सवालहरुका विषयमा विभिन्न खालका जागरण अभियान संचालन गर्ने बताउनु भएको छ । 

जम्काभेट अभियानको नाममा आफ्नो संगठ विस्तार गर्न बार्षिकी अभियान त थालेको हैन ? भन्ने पत्रकारहरुको जिज्ञासामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य देबजंग शाहीले संगठन विस्तार भनेको पार्टी तथा मोर्चाको नियमिति र निरन्तर अभियान त छदै छ यसका अलवा पछिल्लो चरण जिल्लास्तरमा मौलाउदो बेथितिकरणलाई नियन्त्रण गर्न जम्काभेट अभियान थालिएको बताउनु भएको छ । 

साथै जिल्लामा मौलाउदो बेथितिको सवाल केवल राष्ट्रिय जनमोर्चाको सवाल मात्र नभै समस्त जिल्लावासीको सवाल भएकाले जम्काभेट अभियानलाई सार्थक र निश्कर्षमा पुर्याउन सम्पूर्ण मजदुर, किसान, महिला, युवक, विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजिवि, संचारकर्मी तथा ब्यापारीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न जिल्ला स्तरिय तथा राष्ट्रिय स्तरीय संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’