१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुरमा ७ तह प्रस्ताव

२६ कार्तिक २०७३, शुक्रबार ११:२०

कार्तिक २६, ललितपुर । दलहरुका बीचमा सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ । 

एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर सात तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएकोे छ । 

स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलहरुले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् । 

जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ । प्रतावित खाकामा गोदवारी नगरपालिका र महालक्ष्मी नगरपालिका समायोजन गरेर महागोदावरी उपमहानगरपालिका प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्याङ्की हुने प्रस्ताव गरिएको छ । 

यस्तै केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो । 

प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाँकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ । 

तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ । 

नौवटा तहसम्म प्रस्ताव गरिएकामा पछिल्लोपटक सात तह प्रस्ताव गरिएको सूचना शाखामा कार्यरत सावित्री बजगाईंले बताउनुभयो । उहाँले भन्नुभयो – “पहिले गाविसका वडा छुट्याएर पठाइएको भए पनि पछिल्लोपटक पठाइएको प्रस्तावमा कुनै पनि गाविस टुक्र्याइएको छैन ।” 

दलहरुका बीचमा घुसेल र देवीचउर गाविसको विषयमा विवाद रहेको थियो । यी दुई गाविसलाई गाउँपालिकामा राख्नुपर्ने नेपाली काँग्रेसले बताउँदै आएको थियो । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० भने नगरपालिकामा राख्नुपर्ने बताउँदै आएका थिए । 

एमाले उपाध्यक्ष श्याम कृष्ण सिलवालले दललाई बेवास्ता गरेर प्राविधिक समितिले प्रस्तावित खाका पठाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “हामीले कम्तीमा आठवटा तह बनाएर पठाउँभन्दा सातमात्रै पठाएको छ । घुसेल उपत्यकामा पर्ने भएकाले गाउँपालिकामा राख्न नहुने उहाँ बताउनुहुन्छ । उपत्यकाका सबै गाविसलाई नगर बनाउने राज्यको नीति छ ।” 

नेकपा (माओवादी केन्द्र)का जिविस प्रतिनिधि राम आचार्यले दलहरुसँग सहमति नभएकाले सात तह प्रस्ताव भएको बताउनुभयो । नगरोन्मुख ठाउँमा चार तह र दक्षिण ललितपुरमा चार गरेर आठ तह हुनुपर्नेमा जोड दिंदै आएका थियौं । उहाँ भन्नुहुन्छ – “दक्षिणमा त ठिकै हो तर नगरमा एउटा बढी हुनुपर्ने हाम्रो माग हो ।” उपमहानगरपालिकामा सैँबु, खोकना र बुङ्मती थपेर महानगरपालिका प्रस्ताव गर्नुपर्ने उहाँले बताउनुभयो । जनसङ्ख्या पुगेको नगरपालिका भएकाले महालक्ष्मी नगरपालिकामा अन्यत्र थप्न नहुने उहाँ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल