कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफू"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

तरुण दल केन्द्रीय सदस्यमा कंडेलको उम्मेदवारी

२०७३, २७ कार्तिक शनिबार ०६:०१

कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अघिसार्ने घोषणा गरेका छन् । 

राजनितीमा स्वस्छ छबि भएका वर्गको तर्फबाट उम्मेदवारी घोषणा गर्दै नेता कडेलले  सधैं छाँयामा परेका इमान्दार र लगनशिल वर्गलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदु्टार नुवाकोटका जुझारु नेता कडेलले  मुलुक यतिखेर अत्यन्तै जटिल मोडमा रहेको र त्यसको निकासका लागि संविधानसभाबाट जारी गरिएको संविधान कार्यान्वयन गर्नु अपरिहार्य भएकाले उक्त कार्यका लागि तरुण यूवाको भूमिका अग्रणी हुने बताए । आफूले  सांगठनिक विस्तारका लागि दिन रात नभनेर लाग्ने प्रतिबद्धता जनाए ।

तरुणहरु परिवर्तनका संवाहक भएकोले अब युवा सुहाउँदो संगठन र देशले चाहेको जस्तो राजनीति हुनुपर्ने कडेलले को भनाई छ । अहिले नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरी सामाजिक न्यायका लागि एक थोपा रगत शरीरमा भएसम्म लडिरहने उनको प्रण थियो । देशबाट दिन दुइगुणा रात चारगुणाका दरले युवा शक्ति बाहिरिएको कुरालाई मध्यनजर गर्दै यो प्रवृत्ति रोक्न तरुण दलले नेतृत्वदायी भूमिका निर्वाह गर्न–गारउन आफू लागि पर्ने पनि नेता कडेलले ले बताए ।

विगतमा जस्तो लामो समयसम्म महाधिवेशन नहुने कुरालाई अन्त्य गराई नेतृत्व विकासका लागि समयमै महाधिवेशन गराउन आफूहरू प्रतिबद्ध रहने उनको कथन छ । 

संगठनभित्रको गुट, उपगुटलाई अन्त्य गरी संगठनभित्र कामको आधारमा नाम र मान दिने संस्कारको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको पनि नेता कडेलले  बताए । 

सयौं शहिदको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई अझै पनि चौतर्फी आक्रमणको खतरा भएकोले लोकतन्त्रको रक्षाका लागि आफू टाउकोमा कफन बाँधेर रक्षाकवजका रुपमा सधैं अग्रमोर्चामा रहने प्रतिवद्धता समेत तरुण नेता कडेलले  जाहेर गरे । तरुणका माझ लोकप्रिय मानिएका नुवाकोटका नेता कडेल महाधिवेशनबाट अवश्य विजयी हुने मा कैयन महाधिवेश प्रतिनिधिहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते