२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरणमा आलटाल हुँदैन : सभामुख घर्ती

२०७३, २७ कार्तिक शनिबार १४:२९

कात्तिक २७, रुपन्देही । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताउनुभएको छ । 

महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताउनुभयो । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गर्नुभयो । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उहाँको भनाइ थियो । 

“सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ”–उहाँले भन्नुभयो, “संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।” सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । 

संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र धु्रवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उहाँले आग्रह गर्नुभयो । उहाँले देश र जनताको आर्थिक विकासका लागि दलहरुले मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

सभामुख घर्तीले दलहरु प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने