१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरणमा आलटाल हुँदैन : सभामुख घर्ती

२७ कार्तिक २०७३, शनिबार १४:२९

कात्तिक २७, रुपन्देही । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताउनुभएको छ । 

महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताउनुभयो । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गर्नुभयो । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उहाँको भनाइ थियो । 

“सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ”–उहाँले भन्नुभयो, “संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।” सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । 

संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र धु्रवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उहाँले आग्रह गर्नुभयो । उहाँले देश र जनताको आर्थिक विकासका लागि दलहरुले मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

सभामुख घर्तीले दलहरु प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल