२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा स्थानिय तहबारे असन्तुष्ट पक्षका मागलाई समेट्ने

२०७३, २८ कार्तिक आईतवार ०२:०९

जितेन्द्र भण्डारी | कात्तिक २८, पाँचथर | पाँचथर जिल्लामा स्थानिय तहको बारेमा दिन प्रतिदिन विवाद चुलिँदै गएपछि असन्तुष्ट पक्षका मागहरुलाई सकेसम्म समेटिने प्रयास गरिने भएको छ । 

शनिबार जिल्लाका राजनितीक दलहरु र जिल्ला प्राविधिक समितीको वैठक बसेर असन्तुष्टीका बारेमा छलफल गरी भौगोलिकता,सुगमता,र औचित्यताका आधारमा संशोधन तथा परिमार्जन गरी आयोगमा पठाईने निर्णय गरिएको छ । 

प्राविधिक समितीका संयोजक भानु बरालले भन्नुभयो,“जिल्लाट दुई भिन्नाभिन्नै ८ स्थानिय तह रहने गरी खाका पठाइएपनि धेरै गाविसका स्थानियहरुले गुनासो गरेपछि उनीहरुको जायज मागलाई सम्वोधन गर्नका खातिर पनि वैठक बसेका हौ, उक्त वैठकले असन्तुष्ट पक्षका मागलाई सम्वोधन गर्न भनेरे तिन वटा निर्णय समेत गरेका छौ ।” 

उहाँका अनुसार असन्तुष्ट पक्षका राय,सल्लाह सुझाव,गुनासा तथा ज्ञापनपत्रहरुको उच्च सम्मान गर्दे अविलम्व आयोगमा पठाउने,आयोगमा पठाइएको खाका प्रति विमति भएपनि शान्ति तथा अमनचयनमा खलल नपुग्ने गरी शान्तिपूर्ण ढंगबाट मत जाहेर गर्न जिल्लाबासीलाई आग्रह गरिएको छ । 

गत कार्तिक २० गते जिल्लाका राजनितीक दलहरु र प्राविधिक समिती सम्मिलत वैठकले जिल्लामा सहमति जुटन नसक्दा ८ वटा स्थानिय तह रहने गरी दुई भिन्नाभिन्नै खाका आयोग समक्ष पठाइएको थियो । उक्त खाका प्रति कहिँ गाविसलाई टुक्रायउन नहुने त कतै वडा,गाउँपालिका नगरपालिकाको केन्द्र अपायक,र सुगमता नभएको भन्दै तिव्र रुपमा आलोचना भइरहेको छ ।  सास/पाँचथर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने