दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता "/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली समस्याको पोका हैन अवसरको पोका हो: राज्यमन्त्री तामाङ्

२०७३, २८ कार्तिक आईतवार ०२:३२


दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता रहेको बताउनु भएको छ । 

नेपाल सरकार कृषि मन्त्रालय द्धारा संचालनको अन्तिम तयारीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन पूर्बसन्ध्यामा कर्नाली भर्मणमा आउनु भएका राज्यमन्त्री तामांङ्गले यस्तो कुरा बताउनु भएको हो ।

मन्त्रालयबाट कर्नालीमा कृषिको अवस्थाबारे बारे बुझ्न स्थलगत भर्मणमा आउनु भएको राज्यमन्त्री तामाङ्गले शनिवार कालिकोटको कृषि अवस्थाबारे जिल्लाका सरोकारवाला संग गरेको भेटघाट कार्यक्रममा बोल्दै कर्नाली लगायत उत्पीडित ठाउका उत्पीडित समुदायहरुको भविश्य कृषि प्रणालीबाट मात्र सम्भव भएका ले उनीहरुको भविश्य सुनिश्चीत गराउन निश्चित पकेट क्षेत्र निर्धारण गरी नयाँ आधुनिकीकरण कार्यक्रम संचालन हुन लागेको बताउनु भयो । यसका लागि तत्काल सात वटा प्रदेशमा कार्यक्रम संचालन गर्नेगरी कर्मचारीहरुको ब्यवस्थापन भैसकेको बताउनु भएको छ ।

कर्नालीमा खाध्य सुरक्षाको अवस्थाबारे जस्तो हल्ला फैलिएपनि कर्नालीको भूगोल र यहाँको हावापानीलाई अध्ययन गर्दा हल्लाको ठ्याक्कै उल्टो देखिएकाले कर्नालीमा कृषि प्रणाली प्रभावकारी गराउन निश्चित पकेट क्षेत्र निर्धारण गरी कृषि कार्यक्रम अगाडी लैजान पर्ने राज्यमन्त्री तामाङ्गले बताउनु भएको छ । जिल्ला कृषि विकास अधिकृत सुनिल कुमार सिंहले कालिकोटमा कृषि प्रणालीको अवस्था, सम्भावना र चुनौतिवारे गर्नु भएको प्रस्तुती बारे बोल्दै तामांङ्गले कर्नाली समस्याको पोका हैन अवसरको पोका रहेको बताउनु भएको छ ।

भ्रमण कार्यक्रममा राज्यमन्त्री तामाङ्ग, क्षेत्रिय कृषि निर्देशक शिवनाराण चौधरी, आयोजना निर्देशक राजेन्द्र प्रसाद भारी लगायतको टोली कर्नाली आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी