दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली समस्याको पोका हैन अवसरको पोका हो: राज्यमन्त्री तामाङ्

२८ कार्तिक २०७३, आईतवार ०२:३२


दलसिंह गिरी/कात्तिक २८, कालिकोट । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कर्नालीको कृषि प्रणालीलाई ब्यवस्थीत तथा ब्यवशायिक बनाउन एकिकृत कृषि प्रणालीको आवश्यकता रहेको बताउनु भएको छ । 

नेपाल सरकार कृषि मन्त्रालय द्धारा संचालनको अन्तिम तयारीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन पूर्बसन्ध्यामा कर्नाली भर्मणमा आउनु भएका राज्यमन्त्री तामांङ्गले यस्तो कुरा बताउनु भएको हो ।

मन्त्रालयबाट कर्नालीमा कृषिको अवस्थाबारे बारे बुझ्न स्थलगत भर्मणमा आउनु भएको राज्यमन्त्री तामाङ्गले शनिवार कालिकोटको कृषि अवस्थाबारे जिल्लाका सरोकारवाला संग गरेको भेटघाट कार्यक्रममा बोल्दै कर्नाली लगायत उत्पीडित ठाउका उत्पीडित समुदायहरुको भविश्य कृषि प्रणालीबाट मात्र सम्भव भएका ले उनीहरुको भविश्य सुनिश्चीत गराउन निश्चित पकेट क्षेत्र निर्धारण गरी नयाँ आधुनिकीकरण कार्यक्रम संचालन हुन लागेको बताउनु भयो । यसका लागि तत्काल सात वटा प्रदेशमा कार्यक्रम संचालन गर्नेगरी कर्मचारीहरुको ब्यवस्थापन भैसकेको बताउनु भएको छ ।

कर्नालीमा खाध्य सुरक्षाको अवस्थाबारे जस्तो हल्ला फैलिएपनि कर्नालीको भूगोल र यहाँको हावापानीलाई अध्ययन गर्दा हल्लाको ठ्याक्कै उल्टो देखिएकाले कर्नालीमा कृषि प्रणाली प्रभावकारी गराउन निश्चित पकेट क्षेत्र निर्धारण गरी कृषि कार्यक्रम अगाडी लैजान पर्ने राज्यमन्त्री तामाङ्गले बताउनु भएको छ । जिल्ला कृषि विकास अधिकृत सुनिल कुमार सिंहले कालिकोटमा कृषि प्रणालीको अवस्था, सम्भावना र चुनौतिवारे गर्नु भएको प्रस्तुती बारे बोल्दै तामांङ्गले कर्नाली समस्याको पोका हैन अवसरको पोका रहेको बताउनु भएको छ ।

भ्रमण कार्यक्रममा राज्यमन्त्री तामाङ्ग, क्षेत्रिय कृषि निर्देशक शिवनाराण चौधरी, आयोजना निर्देशक राजेन्द्र प्रसाद भारी लगायतको टोली कर्नाली आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’