२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बुवानको गाउँ अधिवेशन धमाधम

२०७३, ३० कार्तिक मंगलवार ०२:३३

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको  जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको हो । 

लिम्बुवानको सोमबार मात्रै ईवा गाविसको गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तबहादुर ईङनामको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तेजमान यक्सो, सचिवमा गीता ईङनाम र अर्थ सचिवमा मन्जिला ईङनाम रहनुभएको छ । यस्तै अधिवेशनबाट हर्कजङ ईङनामको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

 जसको सदस्यहरुमा अमरबहादुर ईङनाम, दिलबहादुर खवास, सुर्य ईङनाम र भक्ति बहादुर ईङनाम रहनुभएको छ । अधिवेशन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष देवनारायण सम्बाहाम्फेको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य मृगेन्द्र ईङनाम र आठराई थुम कार्यसमिति अध्यक्ष रामकुमार ईङनामको उपस्थिति तथा नारायणमान ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो । 

पार्टीले यहीसाता भित्र चुहानडाँडा, ह्वाकु, थोक्लुङ लगायत आठराई क्षेत्रका विभिन्न गाविसहरुको गाउँ अधिवेशन गरिसक्ने जिल्ला अध्यक्ष सम्बाहाम्फेले जानकारी दिनुभयो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते