३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा मतदाता नामावली संकलनको तयारी नपुगेको गुनासो

३० कार्तिक २०७३, मंगलवार ०२:३८

कृष्ण कँडेल/कात्तिक ३०, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको मतदाता नामावली अद्यावधिक गर्न छुट्यार्ईको समय र तयारी दुर्गम ठाउँका लागि प्रयाप्त नभएको सरोकारवालाले गुनसो गरेका छन् । 

बागलुङका ५९ ओटै गाविस र एक नगरपालिकामा कार्तिक २८ गते आईतवार देखि मंसिर २३ गतेसम्म मतदाता नमावलीमा दर्ता गर्ने, नाम थर तथा ठेगनामा त्रुटि भए सच्याउने, मृतकको नाम हटाउने तथा दावि विरोध भए निवेदन गर्न सकिने गरि अभियान थालिएको छ । 

कम्तिमा एक हप्ता अघि जानकारी आउनु पर्नेमा एक्कासी टोलि आएकाले गाउँका नागरिकलाई सुचना सम्म पु¥याउन नसकिएको नेकपा माओवादी केन्द्र बोबाङका अध्यक्ष सेरमान घर्तीले जानकारी दिए । 

‘बोबाङको एक छेउको सिमानादेखि अर्कोमा पुग्नै तिन दिन लाग्छ ।’ घर्तीले भने, ‘धेरै गाउँमा फोन सम्पर्क पनि हुँदैन, दुई दिनको समय छ, २० प्रतिशतको नामावली संकलन गर्न पनि नसकिएला ।’  

ढोरपाटनका लागि नामावली संकलन त्यहिँ केन्द्र राख्नुपर्ने स्थानियको माग छ । ‘शुकुरदुममा राखिएको केन्द्रमा आउन ढोरपाटनवासी ५ घण्टा हिँडेर आउनुपर्छ ।’ घर्तीले थपे, ‘उनिहरु त सवै छुट्ने भए ।’

बोबाङका गाविस सचिव तथा सहायक नाम दर्ता अधिकारी हिमलाल सापकोटाले सामाजिक सुरक्षा भत्ता वितरणको कामले गाउँमै रहेकोमा निर्वाचन कार्यालयले अचानक सदरमुकाम बोलाएर कात्तिक २४ गते बैठक गरि तुरुन्तै गाउँ पठाएकाले सवैलाई खवर गर्न समेत नपाएको गुनासो गरे ।  

ज्ञानोदय मावि बोबाङका प्रधानाध्यापक यमबहादुर कायतले भौगोलिक रुपमा विकट र निकै ठुलो क्षेत्र भएकाले छोटो समयमा मतदाता नामावाली संकलन गर्दा अधिकांश नागरिक छुटेका बताए । 

उता निसीमा पनि दुई दिनको मात्र समय प्रयाप्त नभएको गाविस सचिव तथा नाम दर्ता अधिकारी ईन्द्र शाक्यले बताए । 

राजनितिक पार्टि, गाविस सचिव, सञ्चारकर्मी तथा सरोकारवालालाई जिल्लामा बैठक गरेर अभियानमा सहयोग गर्न आग्रह गरिएको र सञ्चार माध्यमबाट समेत सुचना प्रसारण गरिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । उनले विचमा अलि धेरै विदा परेका कारण गाविसमा पुग्न ढिलाई भएको स्विकार गरे ।    

दुई दिनमा बोबाङमा ५१ जनाको फोटो खिचाई मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । १५ पहिला र ३६ पुरुशका फोटो सहितको मतदाता नामावली संकलन भएको हिमलाल सापकोटाले बताए । एक जनाको ठेगानामा भएको त्रुटि सच्याईएको छ । 

निसीमा ५८ जनाले फोटो खिचाई नाम दर्ता गरेका छन् । १३ जना महिला र ४५ जना महिलाको नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिएको गाविस सचिव तथा सहायक नामदर्ता अधिकारी ईन्द्र शाक्यले जानकारी दिए । 

दुई दिन फोटा खिचाएपछि डाटा अपरेटर अर्को गाविसमा जानुपर्ने भएकाले नयाँ मतदाता नामावाली संकलन नहुने र अब दुवै गाविसमा दावि विरोध र त्रुटि सच्याउने काम हुने नाम दर्ता अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’