दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राज्य दुई किसिमले मानवअधिकार उलंघन गर्छ: उपनिर्देशक कार्की

३० कार्तिक २०७३, मंगलवार ०३:०४


दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन गर्ने गरेको बताउनु भएको छ । 

ब्यांग्यात्मक तरिकाले बोल्दै राज्यले एउटा काम गरेर मानव अधिकार उलंघन गर्छ र अर्को काम नगरेर मानवअधिकार उलंघन गर्ने गरेको भन्दै यस्तो बताउनु भएको हो ।

जिल्ला सदरमुकाम मान्ममा आयोजित नागरिक संजालको त्रैमासिक समन्वयात्मक बैठकमा बोल्दै कार्कीले राज्य जुन काम गर्ने हो त्यो काम नगरेर मानव अधिकार उलंघन गर्छ भने अर्को नगर्न पर्ने काम गरेर पनि मानव अधिकार उलंघन ग«र्ने गरेको आरोप लगाउनु भएको छ ।

नागरिक संजाल कालिकोटका अध्यक्ष खडानन्द चौलागाईको अध्यक्षतामा बसेको त्रैमासिक बैठकको प्रमुख अथिति समेत रहनु भएका कार्कीले राष्ट्रिय मानव अधिकार आयोग अदालत सो सरहको पावरफुल आयोग भएकाले मानव अधिकार उलंघनका हरेक घटनाबारे आयोग तत्पर रहेको बताउदै हरेक नागरिक समाज, पत्रकारहरुले २४ सैं घण्टा मानव अधिकारका घटनाहरुबारे आफुलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । 

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अनुगमन, कर्नालीका जनताले भोग्दै आयको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या, गुनासो सुनुवाई कार्यविधि २०७३ कार्यान्वयन, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ कार्यान्वय जस्ता विविध सवालका बारे बसेको बैठकमा कार्यान्वयनका लागि सम्बन्धित निकाय संग पैरवी गरी निश्कर्षमा पुर्याउने निर्णय समेत गरिएको छ ।

बैठकमा विशेष गरी शिक्षा क्षेत्रको प्रभावकारीतामा देखिएका समस्या र चुनौतिबारे छलफल गर्दै  सम्बन्धित निकायलाई कार्यान्वय गराउन दवाव मुलक पैरवी गर्ने निर्णय गरेको छ । बैठकमा हाल विद्यालय क्षेत्रमा खानेपानी, सरसफाई, गुनासो सुनुवाई, विद्यालय अनियमितता जस्ता समस्या रहेको किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित आधार परियोजनाले प्रतिवेदन प्रस्तुत गरेको छ । 

बैठक नागरिक संजालको अध्यक्षता, आधार परियोजनाको सहयोग र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’