कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

<"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

संविधान संसोधन भन्दा पहिले कार्यान्वयन: खनाल

३० कार्तिक २०७३, मंगलवार १४:१८

कात्तिक ३०, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन गर्नु पहिले कार्यान्वयन गर्न आवश्यक रहेको वताएका छन् । 

इलाम सदरमुकाममा प्रेश चौतारी इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले संविधान कार्यन्वयन गर्न देशका प्रमुख तिन दल एकजुट हुनुको विकल्प नरहेको वताएका हुन् । 

लोकतान्त्रिक, देशभक्त, परिवर्तनशिल र समाजवादलाई एकै साथ एउटै संविधानमा अटाइएको वताउँदै उनले यस संविधानले सवै वर्ग, जातजाती, भाषा, लिङ्ग र समाजको हक अधिकार बोकेको वताएका छन् । 

जारी संविधानले नयाँ राजनैतिक पद्धती, आर्थीक, नयाँ सामाजिक, सांस्कृतिक समानता र नयाँ विदेश निति जस्ता पाँच परिकल्पना समेत लिएकाले पनि कार्यान्वयनमा तिन दल जुट्न आवश्यक रहेको धारणा उनको रहेको छ । 

नेपालको संविधानले प्रसस्तै मार्गदर्शन बोकेकाले यसलाई रक्षा गर्दै प्रयोग सहित सहयोग गर्न जनतासँग समेत आग्रह गरेका खनालले संविधान गतिशिल भएकाले कार्यान्वयन पछि मात्र संसोधन गर्न सकिने वताएका थिए । 

फरक प्रसंगमा उनले अंगीकृत नागरिकहरुलाई राज्यका कुनै पनि प्रमुख पदमा राख्न नसकिने वताएका थिए । संविधान संसोधन गर्न नेकपा एमाले तयार रहेपनि सो कुरामा एमालेले स्विकार गर्न नसक्ने वताएका थिए । 

एक पत्रकारको प्रश्नमा खनालले लोकमान सिंह कार्कीलाई हटाउन वितिसकेको वताएका थिए । उनले नियम र पूक्रिया पुु¥यार भए पनि उनलाई हटाइ छाड्ने जिकिर गरेका थिए ।   

लामो समय देखी असन्तुष्ट रहेका मधेशवादी दलहरुले अजायज माग राखेर अवरोध गर्ने गरेको वताउँदै नेता खनालले मदेशी दलहरुले उठाउँदै मागहरु समेत  औचित्यहिन रहेको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला