एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

संविधान संशोधन स्विकार्य छैन्: गौतम

२०७३, ३० कार्तिक मंगलवार १४:५६


एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् । विदेशीको इसारामा नेपाललाई टुक्राउने उद्देश्यले सिमांकन हेरफेर सहितको संशोधन मान्य नहुने बताएका हुन् ।

प्रेस चौतारी प्यूठानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । ‘सरकार विदेशीको इशारामा अगाडी बढेको छ’,उनले भने ‘राष्ट्रियतालाई कमजोर बनाउने गरि तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’ 

नेपाली जनताको मनोआकाक्षा भन्दा बाहिर गएर सरकार देश टुक्राउने खेलमा लागेको उनले आरोप लगाए ।  राष्ट्रियतालाई कमजोर हुने गरि कुनै हालतमा संविधान संशोधन हुन नसक्ने उनको भनाई छ । ‘मधेशवाद’को नाराले हिमाल पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको बताए । 

‘हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’ पूर्वगृहमन्त्री समेत रहेका गौतमले भने,‘माग सम्वोधन गर्ने नाममा राष्ट्रियतालाई विखण्डन गर्ने कुरा मान्य हुनै सक्दैन ।’

माओवादी नेतृत्वको सरकारले १०० दिनमा सिंको समेत भाँच्न नसकेको उनको उनले टिप्पणी गरे । तोकिएको समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई निर्वाचन सम्वन्धी कानुनी तयार अगाडि बढाउन सुझाव समेत दिए । 

संविधानमा तोकिएको २०७४ माघसम्म निर्वाचन नभए मुलुक गम्भिर संवैधानिक संकटमा पर्नेमा उनले सचेत समेत गराए । ‘नेकपा एमाले संविधानको कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न तयार छ ।’ उनले भने ‘जनजिविकाका सवालमा सवै एक हुनुपर्छ ।’

प्यूठानमा बहुउद्देश्यीय नौमुरे जलविद्युत, स्वर्गद्धारीको एकीकृत गुरुयोजना सहितको विकास, अपर झिमरुक जलविद्युत, भालुवाङ–बाग्दुला–भिमगिठे त्रिदेशीय सडक, माडि क्षेत्रमा एकीकृत बस्ती विकास जस्ता ठूला परियोजना संचालनमा आफूले पहल गरिरहेको वताउदै उनले यसले जिल्लाको मुहार फेरीने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो