एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

संविधान संशोधन स्विकार्य छैन्: गौतम

३० कार्तिक २०७३, मंगलवार १४:५६


एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् । विदेशीको इसारामा नेपाललाई टुक्राउने उद्देश्यले सिमांकन हेरफेर सहितको संशोधन मान्य नहुने बताएका हुन् ।

प्रेस चौतारी प्यूठानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । ‘सरकार विदेशीको इशारामा अगाडी बढेको छ’,उनले भने ‘राष्ट्रियतालाई कमजोर बनाउने गरि तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’ 

नेपाली जनताको मनोआकाक्षा भन्दा बाहिर गएर सरकार देश टुक्राउने खेलमा लागेको उनले आरोप लगाए ।  राष्ट्रियतालाई कमजोर हुने गरि कुनै हालतमा संविधान संशोधन हुन नसक्ने उनको भनाई छ । ‘मधेशवाद’को नाराले हिमाल पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको बताए । 

‘हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’ पूर्वगृहमन्त्री समेत रहेका गौतमले भने,‘माग सम्वोधन गर्ने नाममा राष्ट्रियतालाई विखण्डन गर्ने कुरा मान्य हुनै सक्दैन ।’

माओवादी नेतृत्वको सरकारले १०० दिनमा सिंको समेत भाँच्न नसकेको उनको उनले टिप्पणी गरे । तोकिएको समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई निर्वाचन सम्वन्धी कानुनी तयार अगाडि बढाउन सुझाव समेत दिए । 

संविधानमा तोकिएको २०७४ माघसम्म निर्वाचन नभए मुलुक गम्भिर संवैधानिक संकटमा पर्नेमा उनले सचेत समेत गराए । ‘नेकपा एमाले संविधानको कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न तयार छ ।’ उनले भने ‘जनजिविकाका सवालमा सवै एक हुनुपर्छ ।’

प्यूठानमा बहुउद्देश्यीय नौमुरे जलविद्युत, स्वर्गद्धारीको एकीकृत गुरुयोजना सहितको विकास, अपर झिमरुक जलविद्युत, भालुवाङ–बाग्दुला–भिमगिठे त्रिदेशीय सडक, माडि क्षेत्रमा एकीकृत बस्ती विकास जस्ता ठूला परियोजना संचालनमा आफूले पहल गरिरहेको वताउदै उनले यसले जिल्लाको मुहार फेरीने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’