२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पछिल्लो प्रश्तावप्रति पश्चिममा असन्तुष्टि

२०७३, १ मंसिर बुधबार ०३:२२

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय निकाय गठनमा राजनितिक दलको अधिकतम सहमती अनुसार जिल्ला प्राविधि समितिले अयोगमा पठाएको प्रश्तावमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा केहि असन्तुष्टि देखिएका छन् । 

स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले असहमती जनाएको छ । 

मंगलबार जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोलामा रहने गरि आयोगमा प्रश्ताव पठाएको छ । 

राजकुत सहित ४ गाविसको बैठकमा निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडुमा सहमती अनुसार निसीखोलामा जान सहमत भएपनि त्यसको पालना नभएपछि आफुहरु अब ढोरपाटन नगरपालिकामा जाने नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिए । 

‘हामीसँग भएको सहमतीमा धोका भयो ।’ 

मल्लले भने, अब हामी प्रश्तावित ढोरपाटन नगरपालिकामै जान्छौँ, त्यसका लागि दवाव सिर्जना गर्न हामी जुनसुकै संघर्ष गर्न पनि तयार छौँ ।’ उनले नेपाली काँग्रेशका भविन्द्र कुँवार लगायतले आफ्नो स्वार्थका लागि निसीखोला नै उपयुक्त हुने भन्दै आरोप लागए । 

एता राजकुतका केहि अगुवाले आफ्नो गाविसलाई प्रस्तावित ढोरपाटन नगरपालिकामा समाबेश गरेकोमा असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रशका जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले राजकुतलाई झिवाखोला गाउँपालिकामा राख्नुपर्ने माग राख्दै वुधवारदेखि गाविस बन्द र मंसिर २ गते बिशाल जुलुस तथा कोण सभ गर्ने निर्णय भएको बताए । 

यस्तै दर्लिङकोे वडा नम्बर–१ मालारानीका स्थानीयले बैठक गरेर आफुहरुलाई बढिघाट गाउँपालिका नभई बुर्तिबाङ नगरपालिकामा पायक पर्ने भन्दै बुर्तिबाङ नगरमा राख्न माग गरेका छन् ।  

यता पाण्डवखानीका राजनितिक दलले सर्वदलिय बैठक नै गरेर सिङ्गो गाविसलाई गलकोट नगरपालिकामा राख्न माग गरेका छन् । जिल्ला प्रविधिक समितिले पाण्डवखानीका वडा नम्बर–३ र ४ लाई गलकोट नगरपालिका र बाँकीलाई बढिघाट गाउँपालिकामा राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते