२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

झलनाथ खनालद्वारा आफ्नो निर्बाचन क्षेत्रका लागि तेइसवटा योजना जिविसमा पेस

२०७३, ४ मंसिर शनिबार ०६:४८

मङ्सिर ४, इलाम । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गर्नुभएको छ । 

आर्थिक वर्ष ०७३/७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३ वटा योजना पेस गर्नुभएको हो । 

पेस गरिएका योजनामध्ये फिक्कल– पञ्चकन्या– कन्याम चक्रपथ निर्माणका लागि रु ४० लाखको योजना पेस गर्नुभएको छ । 

यसैगरी इरौटारको विद्युतीकरण, जिर्मले विद्युतीतकरण सलकपुर १, २, ३ नं तथा कुवापानी लामिटार ८ र ९ नंम्बरका लागि रु २०÷२० लाखको योजना जिल्ला विकास समिति इलाममा पेस गर्नुभएको छ । 

कोलबुङ शङ्खर निमाबिबाट– ७ नम्बर जोड्ने सडक, छब्बिसे–छिरुवा–उत्तरे खोला श्रीअन्तु सडक मर्मत र गोदकको सार्वजनिक भवन निर्माणका लागि रु १५÷१५ लाखको योजना पेस गर्नुभएको हो । 

सांसद खनालले पेस गर्नुभएको अन्य अधिकांश योजनामा सडक स्तरोन्नति तथा मर्मत रहेका छन् । 

त्यसमध्ये सुनपा– १० मा बसपार्क निर्माणका लागि रु १० लाख र पशुपतिनगर– ४ मा सामुदायिक भवन निर्माणका लागि रु १० लाखको योजना पेस गर्नुभएको छ । 

यसभन्दा अघि क्षेत्र नं– २ का सांसद सुवासचन्द्र नेम्वाङले उक्त क्षेत्रका लागि २४ वटा योजना जिविसमा पेस गरिसक्नुभएको छ । क्षेत्र नं– ३ का सांसद केशव थापाले मात्र तीन 

रु करोडको योजना पेस गर्न बाँकिरहेको जिविसले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो