१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

झलनाथ खनालद्वारा आफ्नो निर्बाचन क्षेत्रका लागि तेइसवटा योजना जिविसमा पेस

४ मंसिर २०७३, शनिबार ०६:४८

मङ्सिर ४, इलाम । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गर्नुभएको छ । 

आर्थिक वर्ष ०७३/७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३ वटा योजना पेस गर्नुभएको हो । 

पेस गरिएका योजनामध्ये फिक्कल– पञ्चकन्या– कन्याम चक्रपथ निर्माणका लागि रु ४० लाखको योजना पेस गर्नुभएको छ । 

यसैगरी इरौटारको विद्युतीकरण, जिर्मले विद्युतीतकरण सलकपुर १, २, ३ नं तथा कुवापानी लामिटार ८ र ९ नंम्बरका लागि रु २०÷२० लाखको योजना जिल्ला विकास समिति इलाममा पेस गर्नुभएको छ । 

कोलबुङ शङ्खर निमाबिबाट– ७ नम्बर जोड्ने सडक, छब्बिसे–छिरुवा–उत्तरे खोला श्रीअन्तु सडक मर्मत र गोदकको सार्वजनिक भवन निर्माणका लागि रु १५÷१५ लाखको योजना पेस गर्नुभएको हो । 

सांसद खनालले पेस गर्नुभएको अन्य अधिकांश योजनामा सडक स्तरोन्नति तथा मर्मत रहेका छन् । 

त्यसमध्ये सुनपा– १० मा बसपार्क निर्माणका लागि रु १० लाख र पशुपतिनगर– ४ मा सामुदायिक भवन निर्माणका लागि रु १० लाखको योजना पेस गर्नुभएको छ । 

यसभन्दा अघि क्षेत्र नं– २ का सांसद सुवासचन्द्र नेम्वाङले उक्त क्षेत्रका लागि २४ वटा योजना जिविसमा पेस गरिसक्नुभएको छ । क्षेत्र नं– ३ का सांसद केशव थापाले मात्र तीन 

रु करोडको योजना पेस गर्न बाँकिरहेको जिविसले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने