२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन नेपालीको हितका लागि कि अरु कसैको ? – एमाले नेताहरु

४ मंसिर २०७३, शनिबार १३:०५

मंसिर ४, बुटवल । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका बेलामा नेकपा एमालेले औचित्य र आवश्यकता प्रष्ट नपारी त्यो प्रस्ताव दर्ता नगर्न चेतावनी दिएको छ । एमालेको सिङ्गो नेतृत्व एक भएर औचित्य र आवश्यकता पुष्टि नभई संशोधनको कुरा शोंच्न पनि नसिकने स्पष्ट पारेको छ ।

एमाले पा“च नम्बर प्रदेश संगठन कमिटीको शनिबार बुटवलमा भएको अगुवा कार्यकर्ता भेलामा सहभागी एमाले नेतृत्वले संविधान कार्यान्वयन नगरी संशोधन हुनै नसक्ने कुरा दोहोराएको छ । एमालेले संविधान कार्यान्वयन गर्ने बेलामा अनेक बहाना र नाममा संशोधनको कुरा उठेको र त्यो नेपाल र नेपालीको हितमै नरहेको बताउदै आएको छ । संविधान संशोधनका नाममा अहिले दवाव खडा गर्ने क्रम चलिरहेको र त्यसरी दवाव समुहको स्वार्थ मुलुकको हितमै नरहेको एमाले नेताहरुले प्रष्ट पारेका छन् । 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व अध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ट उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उप–महासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्यम भुषाल, सचिवहरु प्रदीपकुमार ज्ञवाली, गोकर्ण विष्ट, स्थायी समितिका सदस्य शंकर पोखरेल, प्रदेश संगठन कमिटीका सह–संयोजक दलबहादुर राना, स्थायी समितिका सदस्य छबिलाल विक तथा प्रदेश कमिटी अन्तर्गत रहेका जिल्लाहरुबाट निर्वाचित भएका भुगोलका केन्द्रीय सदस्यहरु सहभागी थिए । 

भेलामा अगुवा कार्यकर्ताका रुपमा प्रदेश कमिटीका सदस्यहरु, जनवर्गीय संगठनहरुका जिल्ला अध्यक्षहरु, तिनै जनवर्गीय संगठनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागी छन् । भेलामा संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानलाई सफल बनाउने विषयमा नेताहरुले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेका बेलामा मुलुकलाई दीर्घकालसम्म अस्थिर र अनिश्चयता तर्फ धकेल्ने र संवैधानिक रिक्तता बनाउने षड्यन्त्र स्वरुपले संशोधनको कुरा उठेको बताए । उनले कसैको आग्रह वा पूर्वाग्रहका भरमा नेपालको हित हुने बेगरका स्वार्थलाई पूरा गर्ने नाममा एमाले साक्षी नबस्ने स्पष्ट पारे ।

यस अघि भैरहवा विमानस्थलमा प्रेस चौतारी नेपाल रुपन्देहीको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानले ब्यवस्था गरेका संरचनहरु वा निकायहरु संविधानले भने बमोजिम तयार गर्नु, निर्वाचन गर्नु वा गठन गर्नु र तिनीहरुलाई पूर्ण रुपमा क्रियाशील बन्ने अवस्था सिर्जना गर्ने काममा लाग्नुको साटो सरकार कतै कसैको इशारमा देश हितका विरुद्ध लागिरहेको बताएका थिए । 

एमालेका नीति के हुन् भनेर तपाईंहरुलाई सोध्न मन लाग्छ भने पहिले तपाईं आफैंलाई सोध्नुस् । तपाईंको मनले जे गर्दा उचित हुन्छ भन्छ त्यही गर्नुस् । त्यही हो एमालेको नीति । तपाईंले देशको हितलाई ध्यानमा राखेर सोच्नु भो भने एमालेको नीति पाउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान