मङ्सिर ९, इलाम । संसदिय विकास समितिका सभापती  रविन्द्र अधिकरीले इलामका सरकारी कार्यलयहरुलाई आफ्नो कामकारवाहि चुस्त दुरुस्त राख्न घटिमा पनि दुई महिनामा एकपटक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, इलाम । संसदिय विकास समितिका सभापती  रविन्द्र अधिकरीले इलामका सरकारी कार्यलयहरुलाई आफ्नो कामकारवाहि चुस्त दुरुस्त राख्न घटिमा पनि दुई महिनामा एकपटक"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

गुरुयोजगा वनाएर काम गर्न संसदिय विकास समितिको निर्देशन

९ मंसिर २०७३, बिहीबार ११:१५

मङ्सिर ९, इलाम । संसदिय विकास समितिका सभापती  रविन्द्र अधिकरीले इलामका सरकारी कार्यलयहरुलाई आफ्नो कामकारवाहि चुस्त दुरुस्त राख्न घटिमा पनि दुई महिनामा एकपटक सम्युक्त बैठक बसी आफुले गरेका क्रियाकलापको समिक्षा गर्न निर्देशन दिएका छन् । 

प्रमुख जिल्ला अधिकारीको रोहवरमा बैठक बसी आएका सुुझाव तथा प्रगती प्रतिवेदनलाई मन्त्रालयमा पठाउन सुुझाव दिएका छन्  । साथै सवै नगरपालिकाहरुलाई नगरको विकासकोलागि गुरुयोजना वनाउन पत्र पठाइसकेको वताउँदै तत्काल त्यस काममा लाग्न आग्रह समेत गरे । 

गुरुयोजना विना गरिएका कामहरु लथालिङग भएको र धेरै श्रोतहरु खेर गइरहेको वताउँदै उनले अवका काम गर्दा गुरुयोजना बनाएर मात्र गर्न आग्रह गरे । 

ब्यवस्थापिका संसद विकास समितिले जिल्ला विकास समिति इलाममा गरेको जिल्ला अन्तर्गतका सडक पूर्वाधार तथा स्थानीय विकास निर्माणका सम्वन्धमा गरिएको अन्तक्रियामा उनले हिजो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका पक्षमा लढे पनि अव गरिवीका विरुद्ध लड्ने दिन आएको वताएका छन् ।

कार्यक्रममा ब्यवस्थापिका संसदका तर्फबाट सभापती अधिकारी सहित रविन कोइराला, कल्पना चौधरी, भक्तबहादु र बिश्वकर्मा र रामकुमार भट्टराई उपस्थित थिए भने जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, कार्यालयका तथा संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा डिभिजन सडक कार्यालय, डिभिजन भवन कार्यालय, कृषि विकास कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, नेपाल विद्युत प्राधिकरण लगायतले हालसम्म गर्दै आएका र बाँकी गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 

सो कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका अध्यक्ष राम राना, सचिव महेस वस्नेत, महिला जागरण संघ इलामकी अध्यक्ष बिष्णु दाहाल,  इश्वरी चिपालु, देवी पौडेल, डम्वर गदाल लगायतले सुुझाव तथा प्रश्न गरेका थिए । उठेका प्रश्नको इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो तथा अधिकारीले जवाफ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’